६ वर्षसम्म विभिन्न बहाना र सम्झौता गर्नमा भुलेको गर्जेजलाई उक्त आयोजना निर्माणको समझदारी खारेज गरेको हो । मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको लगानी बोर्डको ३२औं बैठकले खारेजीको निर्णय गरेको हो ।
सरकारले ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजनामा चिनियाँ कम्पनी थ्री गर्जेजसँगको सम्झौता खारेज गरेको छ । ६ वर्षसम्म विभिन्न बहाना र सम्झौता गर्नमा भुलेको गर्जेजलाई उक्त आयोजना निर्माणको समझदारी खारेज गरेको हो ।
मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको लगानी बोर्डको ३२औं बैठकले खारेजीको निर्णय गरेको हो । आयोजना निर्माणको उपयुक्त मोडालिटी तयार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, अर्थमन्त्री र बोर्डका प्रमुख कार्यकारी अधिकृत सम्मिलित उच्चस्तरीय समिति गठन गरिएको छ । समितिलाई उचित मोडल तयार गरी बोर्डमा पेस गर्न निर्देशन दिइएको छ । आयोजना निर्माणको मोडालिटी पेस गर्न समिति गठन गरे पनि बोर्डले चिनियाँ कम्पनीसँगको समझदारी खारेज गरेको उल्लेख गरेको छैन ।
आयोजना निर्माण गर्न अर्को विदेशी कम्पनीलाई दिने वा नेपाल आफैले बनाउने भन्ने बारेमा नयाँ शिराबाट अगाडि बढ्ने बोर्डका सीर्इओ महाप्रसाद अधिकारीले बताए ।