मलेसियामा विषाक्त मदिरा पिएर मृत्यु र बिरामी हुने सबैको पहिचान खुल्यो(नामावली सहित)

मलेसियास्थित नेपाली राजदूतावासले निकालेको विज्ञप्तिअनुसार मृत्यु हुनेमा बसेरी ३ धादिङका मिमबहादुर घले, मसिना ६ रुपन्देहीका रामकुमार यादव, अमरगढी ५ डडेल्धुराका बिशाल बुढाथोकी, पश्चिम कुसाहा ९ सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का ९ इलामका बलबहादुर कुलुंग र ठेगाना नखुलेका आइतसिंह गोले छन् ।

मलेसियामा विषाक्त मदिरा पिएर मृत्यु भएका र बिरामी परेका सबैको पहिचान खुलेको छ । मङ्गलवार विषाक्त मदिरा पिएका कारण ६ नेपालीको ज्यान गएको थियो भने १६ जना बिरामी परेका छन् ।

मलेसियास्थित नेपाली राजदूतावासले निकालेको विज्ञप्तिअनुसार मृत्यु हुनेमा बसेरी ३ धादिङका मिमबहादुर घले, मसिना ६ रुपन्देहीका रामकुमार यादव, अमरगढी ५ डडेल्धुराका बिशाल बुढाथोकी, पश्चिम कुसाहा ९ सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का ९ इलामका बलबहादुर कुलुंग र ठेगाना नखुलेका आइतसिंह गोले छन् ।

यस्तै अस्पतालमा उपचाररत जितबहादुर माझी रानीचुरी ५ सिन्धुली, राधेश्याम बैठा रघुनाथपुर ६ बारा, रामचन्द्र लोध फरेना ७ रुपन्देही, लोकबहादुर बराम च्याङ्गली २ गोरखा, रिखामान स्याङतान दुंग्रेखोला ८ सर्लाही, सरु मगर ठेगाना खुल्न बाँकी, दुर्गासिंह राना देउराली ८ नवलपरासी, सुकुवल घिसिङ ठेगाना खुल्न बाँकी, राजेशकुमार ठेगाना खुल्न बाँकी, बिमल कार्की ठेगाना खुल्न बाँकी, सेतबीर तुम्बाप्पो चोकामागु ६ पाँचथर र जम्बिरलाल झाँगड बाबियाबिर्ता ३ मोरग छन् । यस्तै लुंगनाथ मगर सिद्धकाली ४ संखुवासभा, दुर्गाबहादुर राई महेन्द्रनगर ६ सुनसरी, प्रविन थारु मैनापोखर ३ बर्दिया तथा भागीमान डाँगी राङ्गसी ४ रोल्पा घर भएकाहरु भने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

मृतकको पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । विषाक्त मदिराको स्रोत तथा यसमा जिम्मेवारहरुको सम्बन्धमा मलेसियन प्रहरी तथा अधिकारीहरुले अनुसन्धान गरिरहेको राजदूतावासले जनाएको छ ।