गर्भ जँचाउन भिडियो एक्सरे मेशिन

गाउँपालिकालाई वान हर्ट वर्ल्ड वाइट नेपालले भिडियो एक्सरे मेशिन हस्तान्तरण गरेसंँगै सो समस्या हटेको गाउँपालिकाले जनाएको छ ।

भोजपुरका पौवादुङ्मा गाउँपालिकाका गर्भवतीले गर्भ जाँच गराउन जिल्ला बाहिरका अस्पताल जानुपर्ने समस्या हटेको छ । गाउँपालिकालाई वान हर्ट वर्ल्ड वाइट नेपालले भिडियो एक्सरे मेशिन हस्तान्तरण गरेसंँगै सो समस्या हटेको गाउँपालिकाले जनाएको छ ।

वान हर्टले गाउँपालिकालाई करिब १० लाख रूपैयाँबराबरको यन्त्रसंँगै सो सञ्चालनका लागि आवश्यक जनशक्तिसमेत दिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए । सो यन्त्रबाट तत्काललाई मानेडाँडा स्वास्थ्यचौकीबाट सेवा लिन सकिने जनाइएको छ ।