बालाजु क्षेत्रमा शुक्रबार बिजुली जाने

सडक विस्तारका कारण बालाजु क्षेत्रमा शुक्रबार दिनभर बिजुली जाने भएको छ । प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म (आवश्यकताअनुसार) बिजुली जानेछ । वनस्थली चौकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सबस्टेसनबाट आपूर्ति हुने क्षेत्रमा बत्ती जाने केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए ।

बालाजु–धर्मस्थली फिडरअन्तर्गत पुरानो गुह्येश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तीनपिप्ले, जरङ्खु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा बत्ती जानेछ । बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने एमटिसी पर्खाल, जनजागृति, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा विद्युत् जाने प्राधिकरणले जनाएको छ ।