२२ वर्षीय सङ्गीन जीसीको काठमाडौंमा हत्या भए पनि गृहमन्त्री रामबहादुर थापाले संसद्मै सङ्गीनको हत्या नभएर आत्महत्या भएको हुन सक्ने अभिव्यक्ति दिएका थिए । यसबाट उक्त घटनालाई थप रहस्यमय बनाएपछि गृहमन्त्रीको सर्वत्र विरोध सुरु भएको छ ।
कन्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त बलात्कारपछि हत्या भएको घटनामा न्याय माग्दै बागलुङका युवाहरुले २४ घण्टे अनशन गरेका छन् । पन्त र बागलुङका सङ्गीन जीसीको हत्याको घटना छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै अनशन बसेका हुन् ।
बागलुङ बजारस्थित लोकतान्त्रिक चोकमा उनीहरुले टाउकोमा कालापट्टी बाँधेर अनसन बसेका हुन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको झन्डै दुई महिना बितिसक्दा पनि वास्तविक अपराधी पत्ता लगाउन नसकेको भन्दै देशभर विरोध भइरहेका बेला यहाँका युवाहरुले २४ घण्टे अनशन गरेका हुन् ।
त्यस्तै २२ वर्षीय सङ्गीन जीसीको काठमाडौंमा हत्या भए पनि गृहमन्त्री रामबहादुर थापाले संसद्मै सङ्गीनको हत्या नभएर आत्महत्या भएको हुन सक्ने अभिव्यक्ति दिएका थिए । यसबाट उक्त घटनालाई थप रहस्यमय बनाएपछि गृहमन्त्रीको सर्वत्र विरोध सुरु भएको छ ।
थापाको अभिव्यक्तिप्रति बुर्तिबाङका स्थानीय युवाहरुले बिहीबार बुर्तिवाङ बजारमा दबाबमूलक कार्यक्रम गरे । दबाबमूलक कार्यक्रममा बुर्तिवाङका युवाहरुले गृहमन्त्रीको राजीनामाको माग गरेका थिए ।