कालीगण्डकी ए जलविद्युत्को मर्मत गर्नुपर्दा विद्युत आपूर्ति बन्द हुने

नेपाल विद्युत प्राधिकरणले कालिगण्डकी ए जलविद्युत केन्द्रको मुख्य इनलेट भल्भको सुदृढीकरण, मर्मत संभार एवं युनिट २ को पूर्ण मर्मत कार्य गर्ने भएपछि विद्युत् सेवा अबरुद्ध हुने भएको हो ।

देशकै पहिलो ठूलो एक सय ४४ मेगावाटको कालीगण्डकी ए जलविद्युत्को मर्मत गर्नुपर्ने भएपछि विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कालिगण्डकी ए जलविद्युत केन्द्रको मुख्य इनलेट भल्भको सुदृढीकरण, मर्मत संभार एवं युनिट २ को पूर्ण मर्मत कार्य गर्ने भएपछि विद्युत् सेवा अबरुद्ध हुने भएको हो ।

मर्मतको अवधि असोज ७ देखि ११ सम्म र कात्तिक ६ देखी १२ गतेसम्म पुरै प्लान्ट बन्द गर्नु भएको प्राधिकरणले जनाएको छ । उक्त अवधिभर भरतपुर लगायत सो भन्दा पश्चिमका १३२ केभीका सवस्टेशनबाट विद्युत आपुर्ति हुने विद्युत् बन्द हुने छ । औद्योगीक तथा ग्रार्हस्थ फिडरहरुका ग्राहकहरुमा पनि विद्युत् काटिनेछ ।