हत्यारा पत्ता लगाउन नसकेको प्रति बागलुङका महिलाको विरोध, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

निर्मला पन्तको बलात्कारपछि भएको हत्या भएको झन्डै दुइ महिना वितिसक्दा पनि बास्तविक हत्यारालाई लुकाउन खोजेको प्रति महिलाहरुले विरोध गरेका छन् ।

कन्चनपुरकी १३ बर्षीय किशोरी निर्मला पन्त सँगै बागलुङमै संगीन जीसी र रुपा गौतको हत्या भएको लामो समय वित्दा पनि हत्यारा पत्ता लगाउन नसकेको प्रत्ति बागलुङको महिलाहरुले दबाबमूलक विरोध ¥याली निकालेका छन् । निर्मला पन्तको बलात्कारपछि भएको हत्या भएको झन्डै दुइ महिना वितिसक्दा पनि बास्तविक हत्यारालाई लुकाउन खोजेको प्रति महिलाहरुले विरोध गरेका छन् ।

त्यस्तै संगीन जीसी र रुपा गौतमको हत्या भएको लामो समय वित्दा पनि दोषीको छानबीन र वास्तविक हत्यारा पत्ता लगाउन नसकेको प्रति विभिन्न ब्यानर र प्लेकार्ड सहित महिलाहरुले नाराबाजी गर्दै सदरमुकाम परिक्रमा गरेका थिए ।
प्रहरीबाटै महिलाहरु अशुरक्षित हुँदै गएकाले बाध्य भएर सडकमा आउनुपरेको नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्माले बताइन् ।

उनले सरकारले निर्मला पन्त र रुपा गौतम जस्ता चेलीको निर्मम हत्यामा संलग्न अभियुक्तलाइ कानुनी दायरा ल्याउन नसक्नु शुसासन, लोकतन्त्रमाथिको प्रहार रहेको बताइन् । त्यस्तै उनले संगीन जीसीको हत्याप्रति संसदमा गृहमन्त्रीले दिएको अभिव्यक्तिले झनै बलात्कारी र हत्यारालाई प्रसय दिन खोजेको प्रति गम्भिर ध्यानकर्षण रहेको बताइन् ।

बलात्कार, हत्या, हिसां जन्य आपराधिक गतिविधि न्युनीकरण गर्दै शान्ति र सुशासन कायम गर्न कसम खाएका जनप्रतिनिधीहरुले पनि यसबारेमा खबरदारी गर्नुपर्ने उनले बताइन् । महिला सञ्जाल बागलुङले बास्तविक हत्याराको छानबीन गरी अभियुक्तलाई कानुनी दायरा ल्याउनुपर्ने माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रजिअसमक्ष ज्ञापन पत्र बुझाएका हुन ।