कृषकको जीवनस्तर उकास्नतर्फ राष्टिय कृषक समुह महासंघ

सुरुमा १० देखि २० जना महिलाई समुहमा जुटाई त्यस्को अगुवाइ उनैले गरिन् । त्यो समुहलाई महासंघ जिल्ला शाखाले करारमा च्याउ खेती गर्न ८ हजार रुपैयाँ अनुदान दियो । त्यसपछि उनीहरुलाई च्याउ खेती तालिम पनि दिइयो । त्यसपछि उनीहरु सामुहिक सहकारीमार्फत दर्ता भएर करारमा च्याउ खेती गर्न थाले । त्यसपछि विस्तारै आम्दानी बढ्न थालेको र अहिले बार्षिक ६० हजार रुपैयाँ सम्म बार्षिक आम्दानी गर्ने गरेको रायको भनाइ थियो ।

केही समय पहिला सिराहाकी सरिता राम ज्याला मजदुरी गरेर दैनिक चलाउँथिन् आफ्नो परिवार धान्न ज्यालामजदुरीले पनि धेरै दिन गर्न सकिनन्। कहिल्यै घरभन्दा बाहिर ननिसक्ने दलित महिला आज काठमाडौँ आयोजित एक कार्यक्रममा उत्साहित भएर अगाडी गएर ढुक्कले बोलिन् ।

राष्टिय कृषक समुह महासंघको पाँचौ लेखाजोखा कार्यक्रमका अवसरमा सिराहाबाट लक्ष्मी नागरिक सचेतना सहकारीबाट प्रतिनिधित्व गर्दै आएकी सरिताले महासंघले आफुजस्तो दलित महिला कृषकहरुको जीवनस्तर फेर्न सफल भएको बताइन् । सुरुमा १० देखि २० जना महिलाई समुहमा जुटाई त्यस्को अगुवाइ उनैले गरिन् । त्यो समुहलाई महासंघ जिल्ला शाखाले करारमा च्याउ खेती गर्न ८ हजार रुपैयाँ अनुदान दियो । त्यसपछि उनीहरुलाई च्याउ खेती तालिम पनि दिइयो । त्यसपछि उनीहरु सामुहिक सहकारीमार्फत दर्ता भएर करारमा च्याउ खेती गर्न थाले । त्यसपछि विस्तारै आम्दानी बढ्न थालेको र अहिले बार्षिक ६० हजार रुपैयाँ सम्म बार्षिक आम्दानी गर्ने गरेको रायको भनाइ थियो ।

उनीमात्रै होइन्,उदयपुरबाट सहभागि सुर्यमूखी कृषक समुहकी मञ्जु धमलाको पनि महासंघ बीउबीजन र तालिम दिएपछि आफुहरुले तरकारी खेती गरी आत्मनिर्भर बन्न सफल भएको कथन थियो । पहिले कुनै इलम पेसा थिएन् । दुइचार पैसा चाहिएमा पनि श्रीमानसँग हात थाम्नुपथ्र्यो उनले भनिन् अहिले त्यस्तो अवस्था छैन ।

उनले एक समुहमा ४० जना कृषकहरु मिलेर कृषक समुह बनाएको बताइन् । त्यस्तै पाँचथरका कृषक लक्ष्मीप्रसाद रिजालले पनि महासंघले वास्तविक किसानलाई राहत दिन सफल भएको बताए । यसप्रकार मुलुकभर छरिएर रहेका आम किसानहरुलाई समुह आवद्ध गर्दै जीविकोपार्ज र आयआर्जन गर्न सक्षम गराउन महासंघले विभिन्न योजना तथा कार्यक्रम कार्यान्यन गर्दै आएको छ । किसानको हक हितमा आवाज उठाउने र जग्गा भाडामा लिइ व्यवसायिक खेती गर्न लक्षिय समुदायका किसानालाई अनुदान दिदैँ आएको छ ।

महासंघको पाँचौ लेखाजोखा कार्यक्रममा सहभागि अधिकांश किसानहरुले महासंघले किसान तहसम्म पुगेर आयआर्जन तथा कृषिमूलक कार्यक्रम गर्न सहयोग गरेको बताएका थिए । कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीले महासंघले किसानको आर्यआर्जन तथा रोजगारी सिर्जना गर्नमा महत्वपूर्ण भूमिका खेलेको र आगामी दिन महासंघले मूल्य श्रृंखला, बजार व्यवस्थापन, मूल्य र प्रविधिको प्रयोगमा समेत आम किसानलाई आकर्षित गर्न आग्रह गरे । मुलुक संघीयतामा गएपछि कृषि क्षेत्र निकै कमजोर बनेको भन्दै त्यस्को सुधार र उत्पादकत्व बृद्धि गर्ने कार्यक्रम अगाडी बढाउन महासंघलाई आग्रह गरे ।

उक्त कार्यक्रममा महासंघले अगाडी बढाएका कार्यक्रमहरुको बारेमा कृषि विज्ञ राजेन्द्र देवकोटाले विश्लेषण गरेका थिए । उनले कृषकले ऋण नपाएको, गरिव तथा साना किसाना सम्म अनुदान र कर्जा नपुगेको, कृषि विमाबारे कृषकलाई जानकारी नै नभएको प्रति महासंघले पनि आगामी दिनमा त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा कृषकहरुका तर्फबाट सहभागि नयन खड्का, कुमार श्रेष्ठ, गीता भूजेल र रविना महर्जन लगायतले बोलेका थिए ।
महासंघको लेखाजोखको बारेमा अध्यक्ष उद्धव अधिकारीले प्रगति प्रस्तुत गरेका थिए । आर्थिक बर्ष २०७४ ०७५ को आय व्यय महासंघका कोषााध्यक्ष रिता वास्ताकोटीले प्रस्तुत गरिन् ।

महासंघले सो अवधिमा विभिन्न संघसंस्था, निकायबाट २ करोड ३४ लाख रुपैयाँ आम्दानी प्राप्त गरेको थियो । त्यस्तै सो अवधिमा प्रशासनिक तथा विभिन्न क्षेत्रमा गरी २ करोड ३२ लाख रुपैयाँ खर्च भएको थियो ।