नयाँ विश्व पत्रकारिता पुरस्कार–२०७५ नागरिककर्मी दिलीप पौडेललाई

पौडेलले आम नागरिकको पक्षमा पुर्याएको अतुलनीय योगदानको कदरस्वरुप पुरस्कार प्रदान गर्न लागिएको नयाँ अनलाइनका कार्यकारी सम्पादन मुकेशचन्द्र राजभण्डारीले बताए ।

पत्रकार दिलीप पौडेललाई नयाँ विश्व पत्रकारिता पुरस्कार–२०७५ प्रदान गरिने भएको छ । नागरिक सञ्चार प्रालिद्वारा सञ्चालित नयाँ विश्व डट कम अनलाइनको पहिलो वार्षिकोत्सवको अवसरमा पौडेललाई सो पुरस्कार प्रदान तथा सम्मान गरिने भएका हो ।

नेपालको पत्रकारिता क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरी पाठकको मन जित्दै परिश्रमी पत्रकारको रुपमा परिचित पौडेल भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा कलम चलाउँदै आएका छन् । पौडेलले आम नागरिकको पक्षमा पुर्याएको अतुलनीय योगदानको कदरस्वरुप पुरस्कार प्रदान गर्न लागिएको नयाँ अनलाइनका कार्यकारी सम्पादन मुकेशचन्द्र राजभण्डारीले बताए ।

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा जन्मिएका पौडेल एक दशकदेखि पत्रकारितामा क्रियाशील छन् । पौडेल हाल नागरिक दैनिकमा कार्यरत छन् । २०७४ साल साउन २ गते नागरिक दैनिकमा डेढ अर्बको जग्गा खरिदमा ६७ करोडको घोटाला शीर्षकको समाचार ब्रेक गरेका पौडेलको समाचारका कारण आयल निगमका प्रमुखले २०७५ साउनमा पद छोड्न बाध्य भएका थिए ।

पुरस्कारमा पौडेललाई नगद पाँच हजार र सम्मानपत्र प्रदान गरिने छ ।