प्रौढ शिक्षा केन्द्रको उद्घाटन विरायतन नेपालकी विदुषी साध्वी श्रीशीलापीज्यू महाराज, साध्वी मनस्वीज्यू, विरायतन नेपालका अध्यक्ष बच्छ राजतातेड तथा विरायतन नेपालका संरक्षक कबिन्द्रनाथ मोदीद्वारा संयुक्तरुपमा गरियो ।
विगत तीन वर्षदेखि नेपालका भूकम्पपीडित बालबालिकाका लागि आश्रय, दिदी बहिनीका लागि सिलाई केन्द्र तथा भोकेसनल ट्रेनिङ केन्द्र जस्ता परोपकार गर्दै सेवा, शिक्षा र साधनाको ज्वलन्त उदाहरण बन्न सफल अन्तर्राष्ट्रिय संस्था विरायतन नेपालद्वारा थापाथलीस्थित विपन्न बस्तीमा प्रौढ शिक्षा केन्द्रको शुभारम्भ गरियो ।
प्रौढ शिक्षा केन्द्रको उद्घाटन विरायतन नेपालकी विदुषी साध्वी श्रीशीलापीज्यू महाराज, साध्वी मनस्वीज्यू, विरायतन नेपालका अध्यक्ष बच्छ राजतातेड तथा विरायतन नेपालका संरक्षक कबिन्द्रनाथ मोदीद्वारा संयुक्तरुपमा गरियो ।
जाति, लिङ्ग र धर्ममा भेदभाव नराखी समाजमा सत्कार्य र सेवाको सद्विचार फैलाउँदै विपन्न वर्गलाई सरसफाईको ज्ञान, उनीहरुका लागि सफा कपडा र असल समाज निर्माणको सिप बाँड्दै विरायतन नेपालले बल्खु, बालाजु, टेकु, थापाथलीलगायतका विपन्न बस्तीमा बालबालिका, युवा तथा महिलाहरुका लागि निःशुल्क भोकेसनल ट्रेनिङ्ग केन्द्रको प्रारम्भ गरेको छ ।
विगत ५० वर्षदेखि क्रियाशील रहँदै नेपाललगायत विभिन्न राष्ट्रमा निःस्वार्थ सहयोग गरी असहाय तथा विपन्नवर्गको सारथी बनेको विदुषी साध्वी श्रीशीलापीज्यू महाराजले जानकारी दिइन् ।