कोरियाली राजदूत र ऊर्जामन्त्री पुनबीच भेटवार्ता, माथिल्लो त्रिशुली १ बनाउने तयारीमा कोरियाली कम्पनी

मन्त्री पुनले चमेलिया जलविद्युत आयोजना निर्माणमा पु¥याएको योगदानप्रति धन्यवाद व्यक्त गर्दै गुणस्तरीय कोरियाली निर्माण कम्पनी नेपालमा काम गर्न सक्ने धारणा राखे ।

दक्षिण कोरियाली राजदूत योङग सिक पाक र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनबीच भेटवार्ता भएको छ । दुइ देशीय हितका साथै उर्जा क्षेत्रको विकासमा गर्न सकिने सहयोगको विषयमा छलफल भएको हो ।

कोरियाले नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानप्रती सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए । उने ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै कोरियाली लगानीकर्तालाई थप लगानी गर्न आव्हान समेत गरे ।

मन्त्री पुनले चमेलिया जलविद्युत आयोजना निर्माणमा पु¥याएको योगदानप्रति धन्यवाद व्यक्त गर्दै गुणस्तरीय कोरियाली निर्माण कम्पनी नेपालमा काम गर्न सक्ने धारणा राखे ।

हेजिङ फण्डबारे आफूले राष्ट्र बैंक र अर्थमन्त्रालयका अधिकारीहरु राखेर ऊर्जामन्त्रालयमा छलफल गरिसकेको र छिट्टै परिणाम सकरात्मक आउनेमा आफू आशावादी रहेको बताए ।

भेटमा राजदूत पार्कले कोरियाली कम्पनीले बनाउने तयारी गरिरहेको २१६ मेगावाटको माथिल्लो त्रिशुली—१ जस्ता परियोजना नेपालको विकासको लागि आवश्यक रहेको भन्दै त्यसको प्रगतिबारे मन्त्री पुनलाई जानकारी गराएका थिए । उनले हेजिङ फण्डका लागि मन्त्री पुनले पहल गरिदिएको भन्दै धन्यवाद दिए ।

पुनले मन्त्रीका रुपमा कार्यभार सम्हालेसँगै सार्वजनिक गरेको मार्गचित्र १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको भन्दै त्यसका लागिसमेत नेपाललाई वैदेशिक लगानी आवश्यक पर्ने धारणा राखेका थिए ।