विषाक्त रक्सीका कारण पछिल्लो पटक इलामका विमल कार्कीको ज्यान गएपछि मृत्यु हुनेको सङ्ख्या १० पुगेको हो । अन्य ८ जनाको शव कहिले नेपाल आउने भन्ने विषयमा टुङ्गो लागेको छैन ।
एक साताअघि विषाक्त रक्सी सेवन गरी मलेसियामा ज्यान गुमाएका दुई जनाको शव बिहीबार नेपाल ल्याइएको छ । सर्लाहीका आइतसिंह गोले र नवलपरासीका दुर्गासिंह रानाको शव थाई एयरमार्फत काठमाडौं आइपुगेको हो ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार बिहीबार दिउँसो शव आइपुगेको हो । ती शव परिवारलाई बुझाउने तयारी हुँदै छ । मलेसियास्थित नेपाली दूतावासले समन्वय नगरिदिँदा शव ल्याउन र परिवारलाई बुझाउन समस्या भएको बताइएको छ ।
विषाक्त रक्सीका कारण पछिल्लो पटक इलामका विमल कार्कीको ज्यान गएपछि मृत्यु हुनेको सङ्ख्या १० पुगेको हो । अन्य ८ जनाको शव कहिले नेपाल आउने भन्ने विषयमा टुङ्गो लागेको छैन ।