नेपालीहरुको महान चाड दसैंमा विषेश गरी चङ्गा उडाएर मनाउने गरेका छन् । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा भने चङ्गा उडाउन नपाइने भएको छ ।
दसैं तिहार नजिकिएसँगै धेरै बालबालिकाहरु यति बेला चङ्गा उडाएर रमाइलो गर्न थालेका छन् । नेपालीहरुको महान चाड दसैंमा विषेश गरी चङ्गा उडाएर मनाउने गरेका छन् । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा भने चङ्गा उडाउन नपाइने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बिहीवार एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य विमानस्थल आसपासमा चङ्गा नउडाउन आग्रह गरेको छ । चङ्गा उडाउँदा हवाई उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमको गतिविधि एवम् क्रियाकलाप नगर्न नगराउन भनिएको छ ।
साथै सूचनाको अवज्ञा वा अटेर गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने क्यानले जनाएको छ ।