शैक्षिक प्रमाणपत्र धितो राखेर आजदेखि ऋण पाइने, स्नातक उर्तीण अनिवार्य

नेपाल राष्ट्र बैङ्कले बिहीबार वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा कर्जा उपलब्ध गराउन निर्देशन दिएको हो ।

शिक्षित युवा स्वरोजगार कर्जाअन्तर्गत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा कर्जा उपलब्ध गराउन निर्देशन दिएको हो ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् शैक्षिक योग्यताका आधारमा प्रमाणपत्र धितो राखी सहुलियत रुपमा शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरेको थियो । राष्ट्र बैङ्कको परिपत्रपछि प्रमाणपत्र धितो राखेर वाणिज्य बैङ्कहरुले सात लाख रुपैयाँसम्म शैक्षिक कर्जा दिन पाउने छन् ।

शैक्षिक कर्जा लघुवित्त बाहेक वाणिज्य बैङ्क, विकास बैङ्क र अन्य वित्तीय संस्थाबाट पाइनेछ । स्नातक उत्तीर्ण विद्यार्थीले शुक्रबारदेखि नै शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।