शाश्वतधामलाई बेस्ट टुरिस्ट डेस्टिनेसन अवार्ड

नेपाल भ्रमणमा आउने विश्वका पर्यटकहरूले समेत पछिल्लो समय शाश्वतधामलाई आफ्नो गन्तव्य बनाउदै आएका छन् ।

शाश्वतधामले ‘बेस्ट टुरिस्ट डेस्टिनेसन अफ नेपाल’ अवार्ड प्राप्त गरेको छ । विश्वपर्यटन दिवस २०७५ को अवसरमा सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयद्वारा आयोजित समारोहमा मन्त्री रवीन्द्र अधिकारीले शाश्वतधामलाई सो अवार्ड प्रदान गरेका हुन् ।

नेपालको पर्यटन प्रवर्धनमा उत्कृष्ट योगदान पु¥याएवापत् शाश्वतधामले उक्त अवार्ड प्राप्त गरेको हो । शाश्वतधाममा नेपालका अतिरिक्त भारतीय पर्यटकहरूको समेत घँुईचो लाग्ने गरेको छ । नेपाल भ्रमणमा आउने विश्वका पर्यटकहरूले समेत पछिल्लो समय शाश्वतधामलाई आफ्नो गन्तव्य बनाउदै आएका छन् ।

‘शाश्वतधाम स्थापनाको छोटो समयमै नेपालको पर्यटन उद्योगमा उच्च योगदान पुर्याउन सकेकोमा हामीलाई खुसी लागेको छ । सम्मानका लागि सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई हार्दिक धन्यवाद दिन्छु,’ शाश्वतधामका फाउण्डिङ ट्रष्टी एवम् चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘शाश्वतधाममा सम्पदाहरू थपिने क्रमजारी छ । र, भविष्यमा नेपालको प्रमुख पर्यटकीय गन्तव्यमा सूचीकृत हुनेछ भन्ने हाम्रो विश्वास छ ।’

शाश्वतधाम धार्मिक पर्यटकीय केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । हाल यहाँ प्रतिमहिना डेढ लाखसम्म पर्यटकहरू आउने गरेका छन् । हिन्दू धर्मावलम्बीहरूको विशेष चाड पर्वहरूमा यहाँ निकै घुइँचो लाग्ने गरेको छ । २०७३ फागुन २४ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले शाश्वतधामको उद्घाटन गरेकी हुन् ।