केराखेती नष्ट

हनुमानगर कङ्कालनी नगरपालिका–१ भारदह र वडा नं २ को कोसी पुल क्षेत्रमा करिब ५०० बिघामा लगाइएको केराखेती नष्ट भएको स्थानीयवासी दिनेश राउतले बताए ।

सप्तकोसी नदीमा हालै आएको बाढीका कारण सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकामा लगाइएको लाखौँ मूल्य बराबरको केराखेती नष्ट भएको छ ।

हनुमानगर कङ्कालनी नगरपालिका–१ भारदह र वडा नं २ को कोसी पुल क्षेत्रमा करिब ५०० बिघामा लगाइएको केराखेती नष्ट भएको स्थानीयवासी दिनेश राउतले बताए । सप्तकाेसीको बाढी खेतमा पसेपछि केराखेती नष्ट भएको हो । भारदहको विभिन्न स्थानमा लगाइएको केराखेतीमा पानी थुनिएर बोट सुक्न थालेको छ ।

एक बिघा जग्गामा केराखेती गर्न तीन लाखसम्म खर्च हुने गरेको किसानले बताएका छन् । हनुमाननगर कङ्कालनी नगरपालिका–२ जोगिनियाँस्थित कोसी पलारमा लगाएको केराखेतीसमेत बाढीका कारण नष्ट भएको छ । यहाँ तीन सय बिघामा केराखेती गरिएको छ । रासस