निर्मलाका हत्या बलात्कार छानबिन समितिका सदस्यमाथी आक्रमण

निर्मला हत्या प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीमाथि कैलालीको धनगढीमा आक्रमण भएको छ ।

७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव समेत रहेका केसी चढेको गाढीमाथि मोटरसाईलमा आएको २ जनाले ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट धनगढी गएका केसीमाथि धनगढीको गेटा विमानस्थलबाट मन्त्रालयमा जाने क्रममा बाटोमा आक्रमण भएको हो ।
केसी चढेको बा १ झ ९७०३ नम्बरको गाडीमाथि पछाडिबाट आक्रमण भएको र आक्रमणकारीको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । केसीको सुरक्षामा २ जना सुरक्षाकर्मी पनि थिए ।