राजनीतिक दलबीचमा विवाद देखिएका कारण उक्त अध्यादेश लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतीक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेलगत्तै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
राजनीतिक दलबीचमा विवाद देखिएका कारण उक्त अध्यादेश लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको थियो ।
सबै राजनीतिक दलको सहमति होस् भन्ने राष्ट्रपतिको चाहना भए पनि पछिल्लो राजनीतिक गतिरोधलाई अन्त्य गर्न उक्त अध्यादेश प्रमाणीकरण भएको अधिकारीले बताए ।
यसअघि राष्ट्रपति भण्डारीले राजनीतिक सहमति जुटाउन पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेतासँग संवाद गरेकी थिइन् ।