बिटक्वाइनका तरङ्गहरु

भर्चुअल सिक्काले वास्तविक मुद्राका रुपमा काम गर्न सक्दैन र अत्यधिक अस्थिरताका कारण उच्च घाटा हुनसक्छ भनेर सरकारले यसअघि नै चेतावनी दिइसकेको छ ।

क्रिप्टोकरेन्सी ट्रेडिङमा अनुमानलाई सीमित गर्ने नियम ल्याउनु राम्रो हो– बिटस्प्रिड

बिटक्वाइन व्यापारी तथा बिटस्प्रिडका संस्थापक एवं सीईओ सेड्रिक जिन्सन भन्छन्, ‘क्रिप्टोकरेन्सी ट्रेडिङमा दक्षिण कोरियाली नियम ‘धेरै सकारात्मक’ तथा स्वागतयोग्य बनेको छ ।

मासिक १ बिलियन डलरभन्दा बढीको व्यापार गर्ने कम्पनीका मालिक जिन्सनले भने, ‘मलाई लाग्छ, यो सामान्य हो ।’

क्रिप्टोकरेन्सीमा व्यापार गर्ने एक्सचेन्जबीच मूल्य घटबढका आधारमा बिटस्प्रिडले बाजी लगाउने गर्छ ।

क्रिप्टोकरेन्सी व्यापारमा १ अर्ब डलरभन्दा बढी बिक्री गर्ने कम्पनी बिलस्प्रिड भन्छ, ‘अर्को वर्ष बिटक्वाइनमा अस्थिरता हुनसक्छ ।’

अधिकारीहरुले सियोलमा अज्ञात क्रिप्टोकरेन्सी खाता र भर्चुअल करेन्सी एक्सचेन्ज कार्यलाई बन्द गर्न चाहेका छन् । भर्चुअल सिक्काले वास्तविक मुद्राका रुपमा काम गर्न सक्दैन र अत्यधिक अस्थिरताका कारण उच्च घाटा हुनसक्छ भनेर सरकारले यसअघि नै चेतावनी दिइसकेको छ । र, सियोलले क्रिप्टोकरेन्सी व्यापारबाट हुने आम्दानीमा कर लगाउने योजना रहेको पनि घोषणा गरिसकेको छ ।

नियामक निकायहरुले यो सुनिश्चित गर्नका लागि नाटक गरिरहेका छन् कि लगानीकर्ताहरु एक व्यवस्थित बजारसँग काम गरिरहेका छन् भन्ने सुझाव दिँदै जिन्सनले सीएनबीसीको ‘एसिया स्क्वाक बक्स’ लाई भने, ‘मलाई लाग्छ, नियामक निकायहरुले त्यो गरिसकेका छन् जुन उनीहरु गर्न चाहन्छन् ।

 

अस्थिरता धेरै

बिटक्वाइनमा वर्ष २०१८ मा अरण्यरोदन हुन सक्छ ।

डाटा ट्रेक रिसर्चका सह–संस्थापक निक कोलस, जो बिटक्वाइनलाई समेट्ने प्रथम वालस्ट्रिट विश्लेषक हुन्, औँल्याउँछन्, डिजिटल मुद्रा आउँदो वर्ष ६,५०० देखि २२ हजार डलरबीच हुनसक्छ । उनले ४० प्रतिशत वा त्योभन्दा कम्तीमा चार ओटा दुर्घटना हुनसक्ने अनुमान गरेका छन् ।

टेनएक्सका सह–संस्थापक तथा अध्यक्ष जुलियन होस्पले सीएनबीसीसँग भने, बिटक्वाइन ६०,००० डलरको बिन्दुमा पुग्न सक्छ, तर उनले आउँदो वर्ष बिटक्वाइन ५,००० डलरको स्तरमा पनि पुग्न सक्ने अनुमान गरे । तर, कुनचाहिँ बिन्दुमा पहिला पुग्छ भन्नेमा उनी निश्चित छैनन् ।
बिटक्वाइनको मूल्यमा अहिले ओरालोको अपेक्षा थियो र बजारमा तरलताको अभावले लगानीकर्ताहरुले अझै बढीभन्दा बढी अस्थिरता देख्न सक्छन् भन्नेमा जिन्सनले सहमति व्यक्त गरे ।

जिन्सनले भने, ‘हो, तपाईंले विभिन्न तरङ्गहरु हेर्न सक्नुहुन्छ कि बिटक्वाइनको मूल्यका लागि सधैँ ३० प्रतिशतका रिट्रेसमेन्ट हुन्छ । कुनै अरु बजारकै सरह जस्तो कि हामीले इक्विटीमा देख्छौँ, जसरी कमोडिटिमा देख्छौँ, यो पनि इमानदार हुने एक सामान्य प्रकारको चलन हो ।’
अनुमानित मूल्य नतोकीकनै उनले भने, ‘मलाई लाग्छ, बजारमा निश्चित रुपले यो उकालो लाग्छ । मलाई विश्वास छ, यदि कसैले यो विचार स्वीकार गर्छ कि बिटक्वाइनले विश्व अर्थव्यवस्थामा एउटा परिवर्तनकारी भूमिका निर्वाह गर्न सक्छ । अहिले यो सारै सस्तो छ, त्यति महँगो छैन भन्ने तर्क गर्न सकिन्छ ।’ जिन्सनको विचारमा यसमा ‘राम्रो हुन्छ’ भन्ने खालका सोच राख्ने धेरैभन्दा धेरै नियामकहरु हामी हेर्न गइरहेका छौँ र यो हाम्रो स्थानीय अर्थव्यवस्थाका लागि सकारात्मक हो ।

 

ठूलो भुक्तानीको बहस

सन् २०१८ मा धेरैभन्दा धेरै अनलाइन व्यवसाय तथा खुद्रा विक्रेताहरुले बिटक्वाइन मुद्रा स्वीकार गर्न सुरु गर्नेछन् भन्नेमा जिन्सन विश्वास गर्छन् । तर, अभौतिक डिजिटल मुद्रा विनिमयका लागि व्यावहारिक साधन हुनसक्छ कि सक्दैन भन्ने विषयमा विवाद उठ्नसक्ला । ‘हामीलाई शङ्का छ कि कुनै पनि राष्ट्रले यसको प्रयोग गर्न सजिलो मान्लान् जुन मुद्रालाई उनीहरु नियन्त्रण गर्न सक्दैनन्,’ यूबीएस वेल्थ म्यानेजमेन्टमा एसिया–प्रशान्त क्षेत्रको इक्विटीज एन्ड क्रेडिटका प्रमुख हार्टमट इस्सेल भन्छन्, ‘बिटक्वाइनले स्थानीय मुद्रालाई प्रतिस्थापन गर्ला भन्ने विषय म सोच्न सक्दिनँ ।’ ‘सह–अस्तित्व प्रणालीमा सँगै बसेर एकआपसमा राम्रोसँग काम गर्न सकिन्छ,’ जिन्सन भन्छन्, ‘म एउटा बिना अर्को देख्दिनँ ।’

आलोचकहरुले केवल बिटक्वाइनको अस्थिरतातर्फ मात्र औँल्याएका छैनन्, यसको सुस्त लेनदेन प्रक्रिया, सुरक्षाको तथा बिटक्वाइन मुद्राको ‘खनन’ लागत र यसको डिजाइनका कमीकमजोरीहरुतर्फ पनि औँल्याएका छन् । यसले गर्दा सरकारद्वारा जारी अन्य मुद्राको डिजिटल विकल्प बन्न रोक्नसक्छ । तर, नेटवर्कमा सुधार ल्याएर माथिका समस्या समाधान गर्न सकिन्छ भन्नेमा जिन्सन आशावादी छन् । उनी भन्छन्, ‘हामीलाई थाहा छ, नेटवर्कको व्यापक पहुँचमा अहिले सीमितता छ, तर यसलाई सुधार गर्न सकिन्छ । हामी अहिले यही त हेरिरहेका छौँ । र, यो यस वर्षको ट्रेन्ड अब देखिन लागिरहेको छ ।’

डन मर्फी सीएनबीसीका संवाददाता हुन् ।