रसुवा जिल्लाको शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यले यही असोज १८ गते ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले गोसाँईकुण्ड माध्यमिक विद्यालयका प्रधानाध्यापक गुणराज पौडेललाई ५ थान कम्प्युटर हस्तान्तरण गरे ।
ग्लोबल आइएमई बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत रसुवा जिल्लाको नवकुण्ड गाउँपालिका ६ स्थित गोसाँई कुण्ड माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।
रसुवा जिल्लाको शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यले यही असोज १८ गते ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले गोसाँईकुण्ड माध्यमिक विद्यालयका प्रधानाध्यापक गुणराज पौडेललाई ५ थान कम्प्युटर हस्तान्तरण गरे ।
शैक्षिक स्तरोन्नतिका साथै विद्यार्थीहरुमा कम्प्युटरको पहुँच पुगोस् भन्ने उद्देश्यका साथ बैङ्कले ती कम्प्युटर सहयोगस्वरुप हस्तान्तरण गरेको हो । ग्लोबल आइएमई बैङ्कले स्थापनाकालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । बैङ्कले विभिन्न समयमा मुलुकमा आइपर्ने प्राकृतिक विपत्ति बाढी, पहिरो, भुँईचालो लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको छ भने यस्ता अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहँदै आएको छ ।