उल्लङ्घन भएको छ भने कानुन बमोजिम गम्भीर भएर त्यसको समाधान गरिनेछ ।
बेइजिङ : चीनले उत्तर कोरियालाई तेल बेचेको भन्ने अमेरिकी आरोपलाई शुक्रबार खण्डन गरेको छ । ‘यो आधारहीन तथ्य हो’, उसले भनेको छ, ‘चीनले कहिल्यै पनि आफ्ना देशका व्यापारिक कम्पनीहरुलाई राष्ट्रसङ्घीय प्रतिबद्धता उल्लङघन गर्न दिनेछैन ।’
चीनले सदैव यूएनका प्रतिबद्धताहरुलाई पूर्णरुपमा लागू गरेको छ, यदि साच्चै नै उल्लङ्घन भएको छ भने कानुन बमोजिम गम्भीर भएर त्यसको समाधान गरिनेछ । सो कुरा मन्त्रालयकी प्रवक्ता हुआ चुनाइङले दैनिक समाचार ब्रिफिङ्मा बताएकी हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपूm व्यापारका विषयमा चीनप्रति ‘नरम’ रहेको बताएका थिए, तर, चीनले उत्तर कोरियालाई तेल बेच्ने अनुमति दिएकोमा भने आपूm खुसी नरहेको भनेका छन् । (एजेन्सीको सहयोगमा)