कास्कीका सरकारी वकिल पाँच लाख रुपैयाँ घुससहित पक्राउ

प्रवक्ता ढकालका अनुसार उनलाई पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो । आर्थिक रकम बुझ्नै लागि थापा कार्यालय समयभन्दा निकै चाँडै कार्यलय पुगेका थिए । उनका बारेमा थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ।

सेवाग्राहीबाट घुस लिएको आरोपमा जिल्लाका सरकारी वकिल कार्यालय कास्कीका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले बुधबार बिहान उनलाई सरकारी वकिलको कार्यालयबाटै पक्राउ गरेको अख्तियारका क्षेत्रीय प्रवक्ता रमेश ढकालले बताए ।

प्रवक्ता ढकालका अनुसार उनलाई पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो । आर्थिक रकम बुझ्नै लागी थापा कार्यालय समयभन्दा निकै चाँडै कार्यलय पुगेका थिए । उनका बारेमा थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ।