उद्योगीको दसैं ‘प्लान’, को–को कुन–कुन देश जाँदै छन् ?

उद्योेगीको समूह मिलेर विश्वका विभिन्न देश सयरमा निस्किने तयारीमा जुटेका छन् । उमेर समूहअनुसार मात्रै नभई व्यावसायिक साझेदार, परिवार, मन मिल्नेसँग दसैंमा रमाइलो गर्न नेपालबाट जान लागेका हुन् ।

नेपालीहरुको महान् चाड दसैं आएसँगै उद्योगी/व्यवसायीले आफ्ना दसैं ‘प्लान’ बनाउन थालिसकेका छन् । वर्षभरि आफ्नो व्यवसायलाई अघि बढाउन लाग्ने उद्योगीहरु पाँच दिन दसैंमा आफ्ना परिवार तथा साथीभाइ, इष्टमित्रसँग विभिन्न देश जाने योजना बनाइरहेका छन् ।

उद्योेगीको समूह मिलेर विश्वका विभिन्न देश सयरमा निस्किने तयारीमा जुटेका छन् । उमेर समूहअनुसार मात्रै नभई व्यावसायिक साझेदार, परिवार, मन मिल्नेसँग दसैंमा रमाइलो गर्न नेपालबाट जान लागेका हुन् ।

उद्योगहरु आउने शनिबारबाट दसैं बिदा मनाउन विदेश जान लागेका हुन् । दसैं बिदा मनाउनका लागि एसियाका विभिन्न मुलुक, अस्ट्रेलिया, युरोप, अमेरिका, क्यानडालगायतका देशमा दसैं बिदा मनाउन जान लागेका छन् ।

कतिपय उद्योगी/व्यवसायीका आफ्न्त तथा परिवारजन अमेरिका तथा युरोपमै भएकाले पनि दसैैं मनाउन जान लागेका हुन् ।

समूह मिलेर जाँदै
दसैं मनाउन व्यक्तिव्यक्तिभन्दा पनि सामूहिक रुपमा निस्किँदै छन् । ८ देखि १० जनाको समूह मिलेर दसैं मनाउन जान लागेको उद्योगीहरुले बताएका छन् । शनिबारबाट दसैं मनाउन निस्किने तयारीमा रहेका उद्योेगी हुन् शशिकान्त अग्रवाल । उनीसँग आठ जनाको समूह छ । उनीसहित सतीश मोर, शिवरतन सारडा, त्रिलोक अग्रवाल, लोकमान्य गोल्छा, पवन गोल्यान, रमेश गुप्ताको परिवार र राजकुमार थार युरोेपको स्पेन र पोर्चुगल घुम्न जाने तयारीमा छन् । उनीहरुको यात्रा १४ दिनको हुनेछ ।

शेखर गोल्छा पत्नीसहित थाइल्यान्ड
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा पत्नीसहित यस पालिको दसैंमा थाइल्यान्ड जाने तयारीमा छन् । कहिले एक्लै त कहिले साथीभाइसँग दसैंमा घुम्न निस्किने गोल्छा यस पटक मङ्गलबारदेखि १२ दिनको यात्रामा पत्नीसँग जान लागेका हुन् । वर्षभरको थकानलाई मेट्नकै लागि थाइल्यान्ड जान लागेको उनको भनाइ छ ।

अमेरिका जाने तयारीमा उद्योगी सुधीर मित्तल
सफल एयरलाइन्स व्यवसायी सुधीर मित्तल यस पटकको दसैं अमेरिकामा मनाउने सोचमा छन् । उनी परिवारसँग मिलेर दसैं मनाउन अमेरिका जान लागेका हुन् । खासगरी दसैं अवधिभर कुनै काम पनि नहुने र परिवारसँग बसेर चाडपर्व मनाउन रमाइलो हुने भएकाले उनी भ्रमणमा निस्किएका हुन् ।

व्यावसायिक गतिविधि शून्यप्रायः
पाँच दिन दसैंमा व्यावसायिक गतिविधि शून्य हुने भएकाले पनि उद्योगी रमाइलो गर्न विदेश तथा स्वदेशका विभिन्न ठाउँ जाने गर्छन् । कर्मचारीदेखि उद्योगसम्म बन्द हुने र तनाव कम गर्न शान्त तथा सुन्दर ठाउँको अवलोकन तथा भ्रमणमा निस्किने गरेको व्यवसायीहरु बताउँछन् ।