१० खर्ब डलर थपियो धनीहरुको सम्पत्ति

२०१७ मा सबैभन्दा बढी कमाउनेमा अमेजनका संस्थापक जेफ बेजोस भए । अमेजनको सेयर मूल्यका कारण अहिले उनलाई विश्वकै धनी व्यक्ति मानिन्छ ।

सन् २०१७ को बढ्दो उपभोक्तावाद र चुलिएको अर्थ व्यवस्थाको समयमा संसारका धनाढ्य व्यक्तिहरुले आप्mनो सम्पत्तिमा १० खर्ब डलर थप गरेका छन् ।

विश्वका शीर्ष ५००सबैभन्दा धनी व्यक्तिहरुको दैनिक तथ्याङ्क निकाल्ने ब्लुमबर्ग अर्बपतिहरुको सूचकाङ्कका अनुसार, २०१६ को तुलनामा तिनीहरुको संयुक्त पुँजीमा २३ प्रतिशतले वृद्धि भएको छ ।

विश्वका शीर्ष ५ सय सबैभन्दा धनी व्यक्तिको संयुक्त सम्पत्ति अहिले लगभग ५३ खर्ब डलरबराबर छ, जुन संयुक्त राज्य अमेरिकाको राष्ट्रिय ऋणको लगभग एक चौथाई हो । नाइन न्युजमा स्टुआर्ट मार्सले लेख्छन्, ‘२०१७ मा सबैभन्दा बढी कमाउनेमा अमेजनका संस्थापक जेफ बेजोस भए । अमेजनको सेयर मूल्यका कारण अहिले उनलाई विश्वकै धनी व्यक्ति मानिन्छ ।’

चार वर्षदेखि विश्वका सर्वाधिक धनी मानिएका माइक्रोसफ्ट संस्थापक बिल गेट्सको कूल सम्पत्ति ९१.३ अर्ब डलर छ भने ५२ वर्षीय बेजोसको सम्पत्ति सय अर्ब डलरभन्दा बढी छ । ब्लुमबर्गका अनुसार, यो वर्ष सबैभन्दा बढी निजी सम्पत्ति जोड्ने व्यक्तिहरुको देश चीन भयो । यस सूचीमा ३८ अर्बपतिहरुसँग १ सय ७७ अर्ब डलर व्यक्तिगत सम्पत्ति थुप्रिएको छ, जुन १२ महिनामा ६५ प्रतिशतले वृद्धि भएको हो ।

यसको अर्थ के मान्न सकिन्छ भने एसियाली अर्बपतिहरुको सङ्ख्याले, जसमा भारतीयको सम्पत्ति पनि समावेश छ, इतिहासमा पहिलो पटक अमेरिकी अर्बपतिहरुलाई उछिनेको छ । २०१७ मा केही आश्चर्य पनि भयो, बिटक्वाइन–ऊर्जाको उन्मादले विश्वका प्रथम क्रिप्टोकरेन्सिज अर्बपतिहरु जन्मायो – विङ्कलेभस जुम्ल्याहा ।

बिटक्वाइनको मूल्यमा भएको चक्रीय वृद्धिले ती जुम्ल्याहाले क्रिप्टोकरेन्सी ट्रेडिङ प्लेटफर्म जेमिनीको स्थापना गरे, जुनविश्वमै सबैभन्दा ठूलो हुनेतर्फ अग्रसर छ । उद्योगहरुको सन्दर्भमा प्रविधि अरु सबैभन्दा धेरै माथि रह्यो । दश बढी धनाढ्यको सूचीमा बेजोस र गेट्सका अतिरिक्त तीन अरु प्रविधि व्यवसायीहरु भए । मार्क जुकरबर्ग (७३.२ अर्ब डलर), ल्यारी एलिसन (५३.१ अर्ब डलर) र ल्यारी पेज (५२.६ अर्ब डलर) ।
२०१७ मा सबैभन्दा बढी सम्पत्ति गुमाउने साउदी प्रिन्स अलवालिद बिन तलल रहे । भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि उनको सेयरका रुपमा रहेको कुल १.९ अर्ब डलर सम्पत्ति घटेको हो ।