दसैंको घटस्थापना सुरु भएपछि ग्राहक नयाँ नोटको खोजीमा बैङ्कमा लिन आए पनि बैङ्कसँग पर्याप्त मात्रामा नोट नहुँदा दिन नसकिएको वाणिज्य बैङ्क सिमकोट शाखाका निमित्त प्रबन्धक मानबहादुर शाहीले बताए ।
नेपालीको ठूलो चाड बडादसैं लागेसँगै जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्र राष्ट्रिय वाणिज्य बैङ्कमा खुद्रा पैसाको अभाव भएको छ । यस वर्ष दसैंमा राष्ट्र बैङ्कले पैसा नपठाउँदा खुद्रा पैसाको अभाव देखिएको हो ।
दसैंको घटस्थापना सुरु भएपछि ग्राहक नयाँ नोटको खोजीमा बैङ्कमा लिन आए पनि बैङ्कसँग पर्याप्त मात्रामा नोट नहुँदा दिन नसकिएको वाणिज्य बैङ्क सिमकोट शाखाका निमित्त प्रबन्धक मानबहादुर शाहीले बताए । नयाँ नोटका लागि लागि राष्ट्र बैङ्कसँग माग गरिएको भए पनि हालसम्म नपठाएकाले समस्या भएको बैङ्ककै कर्मचारी भक्त बोहराको भनाइ छ ।
बैङ्कको सिमकोट शाखासँग २० का नोट केही मात्रामा भएको र नयाँ पैसा साट्न आउने ग्राहकलाई एकदेखि दुई हजार मात्र दिने गरेको बोहराले बताए । ५, १०, ५० र १०० का नयाँ नोट नभएर ग्राहकलाई दिन नसकिएको उनले बताए । अहिले बैङ्कसँग भएका पैसा गत वर्षकै भएको र त्यो पैसा पनि सकिन लागेकाले अबको दिनमा नयाँ नोट साट्न आउने ग्राहकलाई दिन नसकिने बोहराले बताए । रासस