भारतीय पाकेटमार युवतीको समूह नेपालमा !

पक्राउ परेकी खातुनसँग ७ जनाभन्दा बढी युवती नेपाल आएको र उनीहरू विभिन्न स्थानमा फैलिएको प्रहरीले जनाएको छ । खातुनलाई प्रहरीले बिशालबजार पछाडिबाट पाकेटमारी गर्दै गरेका बेला पक्राउ गरेको हो ।

दसैं र तिहारको अवधिमा पाकेटमारी गर्न भारतीय युवतीको समूह नेपाल आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गएको शुक्रबार काठमाडौंको बिशालबजार क्षेत्रबाट भारतीय नागरिक औजिखा खातुन पक्राउ परेपछि यसको रहस्य खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकी खातुनसँग ७ जनाभन्दा बढी युवती नेपाल आएको र उनीहरू विभिन्न स्थानमा फैलिएको प्रहरीले जनाएको छ । खातुनलाई प्रहरीले बिशालबजार पछाडिबाट पाकेटमारी गर्दै गरेका बेला पक्राउ गरेको हो ।

दसैं तिहारमा पाकेटमारी गर्नकै लागि भारतीय युवतीको समूह काठमाडौं आएको खातुनको बयानबाट खुलेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए । दसैं तिहारमा काठमाडौंमा किनमेलको भीडभाड हुने र सोही बेला पाकेटमारी गर्न सहज हुने भएकाले भारतीय पाकेटमार युवतीको समूह नेपाल आएको पक्राउ परेकी खातुनले प्रहरीमा बयान दिएकी छन् । खातुन लगायत प्रहरीले गएको एक सातामा ७२ जना पाकेटमारलाई पक्राउ गरेको प्रवक्ता बोगटीले बताए ।

काठमाडौंमा हुने चोरी डकैती तथा लुटपाटका घटनामा कमी आएको प्रवक्ता बोगटीको दाबी छ ।