नयाँ पुस्तक नयाँ ज्ञान ! दसैंका लागि पठनीय १२ पुस्तक

दसैं अघि र दसैंपछि केहि फुर्सद हुन्छ । अधिकांश पठनपाठन केन्द्र (विश्वविद्यालय, क्याम्पस, विद्यालय) बन्द भइसककेका छन् । अदालतमा पनि लामो बिदा हुने गर्छ । त्यसैले सरकारी कार्यालय र आद्योगिक प्रतिष्ठानबाहेक क्षेत्रमा दसैं अवसरमा १५ दिनको बिदा सामान्य नै मानिन्छ । यो लामो बिदा कटाउन पनि नयाँनयाँ प्रयोग गर्दा त्यसले हामीलाई फरक अनुभूति दिन्छ नै । खासगरी दसैंमा घुमघाम, खानपिन र घरपरिवारसँग भेटघाट अवश्य पनि हुन्छ । यस्ता अवसरलाई सदुपयोग गर्न पक्कै पनि तपाईंहरु पछि पर्नुहुन्न ।
यसै अवसरलाई दृष्टिगत गरी विभिन्न पुस्तक प्रकाशन गृहले नयाँनयाँ पुस्तक सार्वजनिक गर्दै आएका छन् । पुस्तक पढ्ने बानीले अर्थशास्त्र, समाज, राजनीति, न्याय क्षेत्रमा घटेका र विकसित घट्नाक्रमबारे ज्ञान आर्जन हुन्छ नै । सँगै सामाजिक परिवेशबारे पनि पर्याप्त जानकारी हासिल हुन्छ । खासगरी लामो बिदालाई अझ आनन्ददायी बनाउन पुस्तक सहयोगी हुन सक्छन् । विविध विषयवस्तुमा लेखिएका पुस्तकले ज्ञानको दायरा फराकिलो बनाउन पनि सघाउँछन् ।
हामीले यस अङ्कमा केही त्यस्ता प्रतिनिधि पुस्तकलाई छनोट गरेका छौं, जो हालै बजारमा आएका हुन् । र यिनले पक्कै पनि तपाईंको रुचिको विषयलाई समेटेका छन् । २०७४÷७५ मा प्रभाव छाडेका सामाजिक विषयवस्तुदेखि प्रेम, विछोड, द्वन्द्व, अर्थ, राजनीति, न्याय आदि विषयलाई आधार बनाएर लेखिएका पुस्तकलाई क्यापिटलले समेट्ने प्रयास गरेको छ । साथै ती प्रतिनिधि पुस्तक केकस्ता छन् भन्ने विषयमा समेत छोटो समीक्षा गर्ने प्रयास गरिएको छ । तिनलाई यहाँ पुस्तकको नामको वर्णानुक्रमअनुसार क्रमशः प्रस्तुत गरिएको छ । दसैं बिदाको समयमा पढ्नका लागि उपयोगी दर्जन पुस्तकको सङ्क्षिप्त समीक्षा—