बडादशैँमा बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड

पछिल्लो समय कालीका भगवती मन्दिर परिसरमा विभिन्न भौतिक निर्माणका काम, स्तरोन्नती, सरसफाइ, खानेपानी, फ्रि फोन तथा वाइफाइ सेवा विस्तार गरेपछि देशका विभिन्न क्षेत्रबाट आउने तिर्थालु तथा भक्तजनको पहिलो राजाइ बन्ने गरेको छ ।

ऐतिहासिक प्रसिद्ध बागलुङ भगवती मन्दिरमा भक्तजनहरुको संख्या बाक्लिदै जान थालेको छ । बडादशैँ सुरु भएको दिनदेखि सातौँ दिन आइसक्दा कालीका भगवती मन्दिरमा दर्शन, पुजाआजा गर्न पुग्ने तीर्थालु तथा भक्तजनहरुको संख्या उल्लेख्य बढेको हो ।

पछिल्लो समय कालीका भगवती मन्दिर परिसरमा विभिन्न भौतिक निर्माणका काम, स्तरोन्नती, सरसफाइ, खानेपानी, फ्रि फोन तथा वाइफाइ सेवा विस्तार गरेपछि देशका विभिन्न क्षेत्रबाट आउने तिर्थालु तथा भक्तजनको पहिलो राजाइ बन्ने गरेको छ ।

मन्दिर परिसरमा बनेका सुन्दर संरचना, कालीगण्डकीको पानीले स्नान गर्न सकिने, कालीका बन्यजन्तु पार्क लगायतका भौतिक सुधारपछि भक्तजनहरु पनि बढेको कालीका भवगती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए । विगतका बर्षहरुमा भन्दा यस बर्ष भक्तजनको संख्या बढ्दै गएको उनले बताए ।

जिल्लाको ऐतिहासिक धार्मिक स्थलको रुपमा रहेको उक्त कालीका भगवतीको मन्दिरमा बडादशैँको अवसरमा घटस्थापना देखि पूर्णियासम्म भक्तजनहरुले दर्शन गर्ने गर्छन । हालसम्म भक्तजनबाट झन्डै ११ लाख रुपैयाँ भेटीबापत संकलन भइसकेको अध्यक्ष खड्काले बताए ।