छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भीरमा मह भिक्न हिँडेका घले मह भिक्दै गर्दा एक्कासि चिप्लिएर भीरबाट खसेको मृतकका छोरा गिर्जा घलेकोे भनाइ उद्धृत गर्दै उनले बताए ।
भीरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर गाेरखामा एक व्यक्तिको मृत्यु भएको छ ।
गाेरखा जिल्लाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भीरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिए । छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भीरमा मह भिक्न हिँडेका घले मह भिक्दै गर्दा एक्कासि चिप्लिएर भीरबाट खसेको मृतकका छोरा गिर्जा घलेकोे भनाइ उद्धृत गर्दै उनले बताए ।
“बाबु चिप्लिएर खसे पछिसँगै भीरमा मह झिक्न पुगेका छोरा गिर्जा घलेले स्थानीयलाई खबर गरे, गाउँका सबैमान्छे खोजतलास गर्न पुग्याैं, घलेले भने, “करिब तीन चार घण्टापछि बल्ल मृतावस्थामा उनलाई फेला पार्यौँ ।” घले भीरबाट खसेर बेपत्ता भएको जानकारी पाएपछि बारपाक बजारदेखि करिब डेढ किलोमिटरको दूरीमा पर्ने उक्त भीरमा गाउँले सबै उनलाई खोज्न पुुगेका थिए ।
भीरबाट करिब पाँच मिटर तल खसेको अवस्थामा गाउँलेले घलेलाई मृत फेला पारेको स्थानीयको भनाइ छ । उनको शरीर पूर्णरुपमा क्षतविच्छेद अवस्थामा फेला पारेको घलेले बताए । कुम्र्याह भीर अत्यन्तै जोखिमपूर्ण भए पनि त्यस क्षेत्रका मानिस जोखिम मोलेर भीरमौरीको मह भिक्न जाने गरेका छन् । रासस