दुर्घटनामा एकको मृत्यु

मुजेलिया इलाका प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र यादवका अनुसार उत्तरबाट जनकपुरधाम आउँदै गरेको ज२त ११३ नंको ट्र्याक्टरले हिरो होन्डा शो रुम अगाडिबाट मुजेलियातर्फ जाँदै गरेको ज९प ६१३३ नंको स्कुटर चालक जनकपुरधाम उपहानगरपालिका– १० देवी चोककका ३० वर्षीय सन्दीप नायकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

जनकपुर ढल्केवर सडकखण्डअन्तर्गत मुजेलियामा आज बिहान एक ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मुजेलिया इलाका प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र यादवका अनुसार उत्तरबाट जनकपुरधाम आउँदै गरेको ज२त ११३ नंको ट्र्याक्टरले हिरो होन्डा शो रुम अगाडिबाट मुजेलियातर्फ जाँदै गरेको ज९प ६१३३ नंको स्कुटर चालक जनकपुरधाम उपहानगरपालिका– १० देवी चोककका ३० वर्षीय सन्दीप नायकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

स्कुटरको पछाडि बसेका राकेश गम्भीर घाइते भएका र उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । ट्र्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस