
नेपाल बैङ्कको थप प्राथमिक निष्कासन (एफपीओ)मा एफपीओ प्रत्याभूतकर्ता मर्चेन्ट बैङ्करले आफ्नो खातामा सेयर नल्याई सिधै बजारमा पठाएको भेटिएपछि बोर्डले अाइतबार यस्तो निर्देशन दिएको हो ।
नेपाल धितोपत्र बोर्डले प्रत्याभूत (अन्डरराइट) गरेको सेयर आफ्नो नाममा ल्याएर मात्र बिक्री गर्न मर्चेन्ट बैङ्कहरुलाई निर्देशन दिएको छ । नेपाल बैङ्कको थप प्राथमिक निष्कासन (एफपीओ)मा एफपीओ प्रत्याभूतकर्ता मर्चेन्ट बैङ्करले आफ्नो खातामा सेयर नल्याई सिधै बजारमा पठाएको भेटिएपछि बोर्डले अाइतबार यस्तो निर्देशन दिएको हो ।
प्रत्याभूतकर्ता मर्चेन्ट बैङ्करले नेपाल बैङ्कको बिक्री नभएको एफपीओ सकार्दा तोकिएको मूल्यभन्दा कम मूल्यमा नै सिधै लगानीकर्तालाई बिक्री गरेको पाइएपछि बोर्डले छानबिन गरेको थियो । जसले गर्दा एफपीओ बाँडफाँट भएको लामो समय बितिसक्दा पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण हुन सकेको थिएन । सूचीकरणका विषयमा बोर्ड, नेप्से र बैङ्कका तर्फबाट फरक फरक अवधारणाहरु आउने गरेका थिए ।
धितोपत्र बोर्डले सेयर प्रत्याभूत गरेका मर्चेण्ट बैङ्करहरुले गम्भीर गल्ती गरेको भन्दै आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउन सचेत गराएको छ । बोर्डले नेपाल बैङ्कको एफपीओ प्रत्याभूत गरेका ८ मर्चेन्ट बैङ्करहरुलाई पहिले आफ्नो खातामा सेयर जम्मा गरेर मात्र तेस्रो पक्षलाई दोस्रो बजारबाट नामसारी गर्न भनेको छ । बोर्डले आगामी दिनमा हुने निष्कासनका लागि यसै निर्देशनअनुसार गर्न भनेको छ ।
नेपाल बैङ्कले निष्कासन गरेको एक करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओमध्ये ९३ लाख ७५ हजार ७ सय ५० कित्ता मात्रै सार्वजनिक रुपमा बिक्री भएको थियो । बाँकी सेयर ८ ओटा अन्डरराइटरहरु सीबीआईएल क्यापिटल, ग्लोबल आईएमई क्यापिटल, एनआईबीएल एस क्यापिटल, सिभिल क्यापिटल, सनराइज क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट्स, सानिमा क्यापिटल र नेपाल एसबीआई मर्चेन्ट बैङ्कले सकार्दै भित्रभित्रै सम्झौता गरेर विभिन्न संस्था तथा व्यक्तिहरुलाई बेचेका थिए ।
नेपाल बैङ्कको एफपीओको निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा सिद्धार्थ क्यापिटलले काम गरेको थियो ।