२३ अर्ब ८१ करोडको बोनस सेयर सेयरधनीलाई, कसको कति ?

साउनयता ८४ कम्पनीहरुले २३ अर्ब ८१ करोड ५२ लाख २६ हजार रुपैयाँ बराबरको २४ करोड ४४ लाख ४७ हजार कित्ता बोनस सेयर वितरण गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत विभिन्न कम्पनीहरुले सेयरधनीलाई अर्बौ रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेका छन् ।

साउनयता ८४ कम्पनीहरुले २३ अर्ब ८१ करोड ५२ लाख २६ हजार रुपैयाँ बराबरको २४ करोड ४४ लाख ४७ हजार कित्ता बोनस सेयर वितरण गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

कम्पनीहरुले अघिल्लो र गत आर्थिक वर्षमा गरी सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन । बोनस सेयर वितरण गर्नेमा अधिकाँश बैङ्क तथा वित्तीय संस्था रहेका छन् ।

यस्तै बिमा, जलविद्युत, होटललगायत कम्पनीले सेयरधनीलाई वितरण गरेका छन । बोनस सेयर धितोपत्र बोर्डमा दर्ता हुनुका साथै नेप्सेमा सुचिकृत भई कारोबार सुरु भइसकेको छ । बोनस सेयरको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस । 

बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीले चुत्तापुँजी बढाउन सेयरधनीलाई बोनस सेयर दिएका हुन । सबैभन्दा बढी बोनस सेयर दिनेमा वाणिज्य बैंङ्कहरु रहेका छन ।

यस्तै जलविद्युतले नयाँ आयोजना निर्माण गर्नका लागि पुँजी बढाउन लगानीकर्तालाई बोनस सेयर दिएका हुन । बिमा कम्पनीले न्युनतम चुत्तापुँजी पुर्याउनु पर्ने भएपछि सेयरधनीलाई बोनस सेयर दिन थालेका छन् ।

बिमा समितिले जीवन बिमालाई २ अर्ब र निर्जीवन बिमालाई १ अर्ब रुपैयाँ चुत्तापुँजी तोकेको छ । गत आर्थिक वर्षमा ३३ अर्ब रुपैयाँ बढी बोनस सेयर वितरण भएको थियो ।