सेयर बजार रातमै,  ११ अंकले घट्यो

सेयर बजार घटेका बेला नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र गणपति माइक्रोफाइनान्स लिमिटेडका लगानीकताले कमाएका छन् ।

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहरो अंकले घटेको छ । बजार ११ अंकले घटेर नेप्से परिसुचक १ हजार २५८ अंकमा झरेको छ । सबै परिसुचक घटेकाले बजार रातम्यै भएको छ ।

आइतबार ४७ करोड २५ लाख रुपैयाँको १४ लाख ७३ हजार ८०८ कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल बैङ्कको सेयर कारोबार भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता ३२४ रुपैयाँमा २ करोड ९५ लाख ८० हजार रुपैयाँको किनबेच भएको छ ।

यस्तै शिवम सिमेन्ट लिमिटेडको ६४६ रुपैयाँमा २ करोड ५५ लाख १६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । सेयर बजार घटेका बेला नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र गणपति माइक्रोफाइनान्स लिमिटेडका लगानीकताले कमाएका छन् ।