जुवातास खेल्ने ४५ जना पक्राउ

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बौद्ध क्षेत्रबाट ४५ जनालाई नियन्त्रणमा लिएको वृत्त प्रमुख नरेन्द्र चन्दले जानकारी दिए ।

काठमाडाैंकाे बाैद्धक्षाेत्रबाट घटस्थापनादेखि अहिलेसम्म जुवातास खेल्ने ४५ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बौद्ध क्षेत्रबाट ४५ जनालाई नियन्त्रणमा लिएको वृत्त प्रमुख नरेन्द्र चन्दले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा ५ जना महिलासमेत छन् । डीएसपी चन्दले भने, ‘लामो समयदेखि जुवा तास खेलाउने समूहलाई नियन्त्रणमा लिएका हौं ।’ उनीहरुको साथबाट प्रहरीले ३ लाख रुपैयाँभन्दाबढी रकम समेत बरामद गरेको छ ।

प्रहरीले तीन साता अगाडि मूलपानीबाट २४ जना जुवाडेलाई पक्राउ गरेको थियो । त्यतिबेला जुवाखालमा प्रहरी छापा मार्न पुग्दा घरको तलाबाट हाम फालेर दुई जनाको मृत्युसमेत भएको थियो ।