समितिका सदस्य नेपालीका अनुसार न्यायिक समितिमा आएका विवादमध्ये ६५ अाेटा विवाद मिलाइसकेको छ भने चार अाेटालाई अदालत जान सल्लाह दिएको र अन्य मुद्दा छलफलको प्रक्रियामा छन् ।
दाङको गढवा गाउँपालिकाको न्यायिक समितिमा हालसम्ममा कुल ९५ उजुरी दर्ता भएका छन् ।
न्यायिक समितिका सदस्य कमला नेपालीले गत असारसम्म ८२ अाेटा र साउनदेखि कात्तिक ६ गतेसम्म १३ अाेटा गरी जम्मा ९५ अाेटा विवाद आएका बताइन् ।
समितिका सदस्य नेपालीका अनुसार न्यायिक समितिमा आएका विवादमध्ये ६५ अाेटा विवाद मिलाइसकेको छ भने चार अाेटालाई अदालत जान सल्लाह दिएको र अन्य मुद्दा छलफलको प्रक्रियामा छन् ।
गाउँपालिकाका न्यायिक समितिका संयोजक शान्ति चौधरीका अनुसार समितिमा आउने मुद्दामा जग्गा विवाद, लेनदेन, घरायसी झैझगडा, कुलोपानी, खेतीपाती नोक्सानी, विदेश पठाउने नाममा ठगी र सम्बन्धबिच्छेदका छन् ।
‘सामान्य विवाद भए पनि नागरिक न्यायिक समितिमा उजुरी लिएर गाउँपालिका आउँछन्, हामीलाई मुद्दा मिलाउन भ्याइनभ्याइ हुने गरेको छ, मुद्दा मिलाउनमै व्यस्त रहनुपर्दा अन्य काम कतिबेला गर्ने भन्ने समस्या हुने गरेको छ,’ गढवा गाउँपालिका न्यायिक समितिका संयोजक तथा उपाध्यक्ष शान्ति चौधरीले भनिन् ।
न्यायिक समितिका पदाधिकारीले आफूहरुलाई कानुनको बारेमा प्रशिक्षणको अभाव रहेको बताएका छन् ।
स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको जिम्मेवारी तोकिएको छ । मुलुकमा गत भदौदेखि नयाँ कानुन आएको छ, कानुनको बारेमा अलि कति पनि प्रशिक्षित नगराई न्यायिक समितिमा बसेर काम गर्नुपर्दा आफूहरुलाई निकै कठिनाइ भएको उनीहरु बताउँछन् ।
त्यसका लागि न्यायिक समितिका संयोजक र सदस्यलाई सरकारले कानुनको बारेमा न्यूनतम भए पनि तालीम दिएर प्रशिक्षित गराएमा उजुरी मिलाउन सहज हुने न्यायिक समितिका पदाधिकारीको धारणा छ । रासस