इटालीको वित्तीय सङ्कटबारे चिन्ता लिनु आवश्यक छैन : रेग्लिङ

र्इयू स्रोतले मङ्गलबार एएफपीलाई इटालीका जनताबीच चर्चित केही नेताहरूले प्रस्ताव गरेको बजेटलाई र्इयूको कार्यकारी निकाय, युरोपेली आयोगले अस्वीकार गरेको बताउनुभन्दा केही पहिले कर्जा प्रमुख रेग्लिङले उक्त कुरा बताएका हुन् ।

इटालीले युरोपेली युनियन (र्इयू) सदस्य राष्ट्र ग्रीसको बाटो पछ्याउँदै वित्तीय सङ्कटको झमेला युरोप क्षेत्रलाई नदिने भन्दै यसमा अनावश्यक चिन्ता नलिन युरोपेली क्षेत्रका कर्जा कोष निर्देशक क्लाउस रेग्लिङले बताएका छन् ।

र्इयू स्रोतले मङ्गलबार एएफपीलाई इटालीका जनताबीच चर्चित केही नेताहरूले प्रस्ताव गरेको बजेटलाई र्इयूको कार्यकारी निकाय, युरोपेली आयोगले अस्वीकार गरेको बताउनुभन्दा केही पहिले कर्जा प्रमुख रेग्लिङले उक्त कुरा बताएका हुन् ।

इटाली सरकारले आगामी वर्ष आफ्नो मुलुकमा वार्षिक आर्थिक उत्पादन २.४ प्रतिशत कमी हुने घोषणा गरेको छ । यो रकम यस पहिलेको सरकारले गरेको प्रक्षेपणभन्दा तीन गुणा कमी हो र र्इयूले गरेको प्रक्षेपणको तीन प्रतिशतसम्मको सीमासँग नजिक छ ।

परिणामस्वरूप इटालीको पहिलेदेखि नै धेरै रहेको कर्जालाई अझ खतरातर्फ धकेल्ने देखिएको र यो रकम कुल गार्हस्थ्य उत्पादनभन्दा १३० प्रतिशत बढी हो । यो घाटा रकम र्इयूले इटालीका लागि तोकेको ६० प्रतिशतभन्दा दोब्बर हो । र्इयूले ग्रीसपछि इटालीका लागि यसरी कर्जा सीमा तोकेको छ । तर रेग्लिङले भने इटालीको आर्थिक सङ्कटलाई लिएर बढाइचढाई गरी अनावश्यक चासो व्यक्त गरिएको प्रतिक्रिया दिए ।

“इटालीको वार्षिक आर्थिक योजनाले कानुनी दायरा अनुसार काम नगरेको तर इटाली आर्थिक सङ्कटका सन्दर्भमा युरोपमा ग्रीसकै अवस्थामा पुगेको भने छैन,” लग्जेम्वर्गमा रेग्लिङले सञ्चारकर्मीसँग भने । कसैले पनि इटालीबारे चिन्ता व्यक्त गर्नु पर्दैन, जर्मन नागरिक रेग्लिनले भने, “इटालीले प्रतिस्पर्धात्मक अवस्थालाई गुमाएको छैन । इटालीले आन्तरिक रूपमा हिसाब गरेजस्तो माथि वा धेरै बार्षिक घाटा रहेको छैन ।” रासस/एएफपी