गोरखा पालुङटार नगरपालिका वडा नम्बर ८ घर भएका ३१ वर्षीय बद्रिनाथ लामिछाने र पाँचथर हिलिहाङ गाउँपालिका वडा नम्बर ४ घर भएकी २५ वर्षीया इन्दिरा उप्रेतिलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका एसएसपी धिरजप्रताव सिंहले जानकारी दिए ।
युवतीको प्रयोग गरेर व्यापारीकाे चरित्र हत्या गरी रकम असुल्ने दुई जना पक्राउ परेका छन् । गोरखा पालुङटार नगरपालिका वडा नम्बर ८ घर भएका ३१ वर्षीय बद्रिनाथ लामिछाने र पाँचथर हिलिहाङ गाउँपालिका वडा नम्बर ४ घर भएकी २५ वर्षीया इन्दिरा उप्रेतिलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका एसएसपी धिरजप्रताव सिंहले जानकारी दिए ।
ललितपुर कुपण्डोल क्षेत्रमा बस्ने एक जना व्यवसायीलाई फेसवुक म्यासेन्जरमा निशा अधिकारीको नामबाट फ्रेन्ड रिक्वेष्ट पठाई इन्दिराले व्यवसायीको मोबाइल नम्बर मागेर फोन गरी काम छ भन्दै अफिसमा भेट्न गएकी थिइन् । गत कार्तिक १ गते इन्दिराले अफिसमा गई आफ्नो नाम इन्दु भएको बताइन् । त्यसपछि उनले थाहा नपाउने गरी मोबाइलको भिडियो क्यामेरा अन गरी सोफामा राखी नजिक हुँदै व्यवसायीको छेउमा गई अँगालो मारी चुम्बनसमेत गरेको रेकर्ड गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
अफिसबाट फर्किएपछि केही दिनमा नै गणेश लामा बताउने व्यक्तिले इमोबाट फोन गरी एक करोड रुपैयाँ माग गरेको, नदिए भिडियो युटुब र फेसबुकमा हालिदिने धम्की दिएका थिए । व्यापारीले प्रहरीमा उजुरी दिएपछि दुवै जना पक्राउ परेका हुन् ।