नगरप्रमुख राणाद्वारा तलब, भत्ता सामाजिक संस्थालाई

प्रमुख राणाले महर्षी बाल्मीकि जयन्तीका अवसरमा आज बाल्मीकि समाजका अध्यक्ष रामचन्द्र बाल्मीकिलाई सो रकम हस्तान्तरण गरे ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले आफूले पाउने तलबभत्ता सामाजिक कार्यका लागि प्रदान गरेका छन् ।

उनले असोज महीनाको आफ्नो तलब, भत्ता ५० हजार नेपालगञ्ज–२ खानेपानी ट्याङ्की नजिकै रहेको बाल्मीकि समाज तथा मन्दिरलाई सहयोग गरेका हुन् । प्रमुख राणाले महर्षी बाल्मीकि जयन्तीका अवसरमा आज बाल्मीकि समाजका अध्यक्ष रामचन्द्र बाल्मीकिलाई सो रकम हस्तान्तरण गरे ।

त्यस अवसरमा प्रमुख राणाले आफ्नो कार्यकालभरि पाउने तलब, भत्ता आवश्यकताका आधारमा सामाजिक संस्थालाई दिने बताए । स्थानीय निकायको निर्वाचनमा प्रमुख राणाले आफ्नो तलब, भत्ता सामाजिक सेवामा लगाउने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस