काठमाडौंका विभिन्न स्थानबाट अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं तारकेश्वर नगरपालिका—९ मनमैजुस्थित शङ्कर तिमिल्सिनाले सञ्चालन गरेको लेखापढी कार्यालयको कोठाभित्र अवैध रूपमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका—४ का ४६ वर्षीय शिव अर्यालसहित १२ जनालाई नगद १ लाख ९८ हजार ३ सय २० रुपैयाँसहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी कीर्तिपुर नगरपालिका–५ भत्केको पाटीस्थित साइनो रेस्टुरेन्टमा अवैध रूपमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका बस्ने ४४ वर्षीय जयबहादुर कार्कीसहित ४ जनालाई नगद ७ हजार ७ सय ५० रुपैयाँ र ३ बुक ताससहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
यस्तै काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्ती बस्ने ४२ वर्षीय पूर्ण राज चौलागाईंको घरमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा चौलागाईंसहित ११ जनालाई नगद १ लाख ७८ हजार १ सय ७५ रुपैयाँ र १६ थान कौडासहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।