विभागबाट गत वर्षको सोही अवधिमा २४ हजार ५ सय ६९ जनाले रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । गत वर्षको तुलनामा चालू आवमा ६ हजार ७ सय ९२ जना श्रम स्वीकृति लिने घटेको विभागले जानकारी दिएको छ ।
नेपाली कामदारको रोजगारीका लागि पहिलो रोजाइमा कतार परेको छ । मलेसियामा नेपाली कामदारलाई रोक लागाइएपछि कतार नेपाली कामदारको आकर्षक गन्तव्यको सूचीमा परेको हो । श्रम तथा रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आवको असोजसम्म विभागबाट १७ हजार ७ सय ७७ जनाले रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । तीमध्ये १६ हजार २ सय ६८ पुरुष र १ हजार ५ सय ९ महिला छन् ।
वैदेशिक रोजगारीका लागि असोजसम्म कतारमा मात्रै ७ हजार ९७ ले श्रम स्वीकृति लिएका छन्, जसमा पुरुष ६ हजार ८ सय २४ र महिला २ सय ७१ जना रहेको श्रम विभागले जानकारी दिएको छ । भदौ र असोजमा कतार रोजगारीका लागि १ हजार ७८ जनाले स्वीकृति पाएका छन् । विभागले भदौमा ६ हजार १७ जना कामदारलाई कतार जान क्रम स्वीकृति दिएको थियो ।
वैदेशिक रोजगारीको दोस्रो गन्तव्य दुबई छ । दुर्बइमा असोजसम्म पाँच हजार एक सय २९ जनाले श्रम स्वीकृति लिएका छन् । यसमध्ये पुरुष ४ हजार ५ सय ३ र महिला ६ सय २६ छन् । तेस्रो गन्तव्य मुलुक साउदी अरबका लागि श्रम स्वीकृति लिने ३ हजार १२ छन्, जसमा २ हजार ८ सय ६९ पुरुष र एक सय ४३ महिला रहेको विभागको तथ्याङ्क छ । चौथो मुलुकका रुपमा कुवेत परेको छ । यो मुलुकका लागि १ हजार ३ सय ५७ जनालाई श्रम स्वीकृति दिइएको विभागले जनाएको छ ।
त्यसैगरी क्रमशः ओमानमा २ सय ३, साइप्रसमा १ सय ७१, बहराइनमा ३ सय २, अफगानिस्तानमा १४ पुरुष मात्र छन् । त्यस्तै लेबनान, इजरायल तथा अन्य मुलुकमा ४ सय ८१ जनाले स्वीकृति लिएका छन् । जापान, क्यानडा र पोर्चुगलमा पनि श्रम स्वीकृति लिएर रोजगारीमा जाने क्रम बढेको छ ।
विभागबाट गत वर्षको सोही अवधिमा २४ हजार ५ सय ६९ जनाले रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । गत वर्षको तुलनामा चालू आवमा ६ हजार ७ सय ९२ जना श्रम स्वीकृति लिने घटेको विभागले जानकारी दिएको छ ।