ट्राभलर राजेन्द्र

घुमन्ते मल्ल व्यवसायमा पनि त्यत्तिकै अब्बल छन् । उनी आधा दर्जनभन्दा बढी उद्योग व्यवसायमा आबद्ध छन् । सेवामूलक एवम् उत्पादनमूलक उद्योग र बैङ्क तथा वित्तीय संस्थामा आबद्ध मल्लले कृषिक्षेत्रलाई पनि व्यावसायिक रुपमा अघि बढाउँदै लगेका छन् ।

घुम्नु उद्योगी राजेन्द्र मल्लको सोख हो । उनी आफ्नो सोख पूरा गर्न विश्वका विभिन्न ४० भन्दा बढी मुलुकमा पुगिसकेका छन् । उनी घुम्नका लागि जहाँ पुग्छन्, त्यहाँको स्थानीय तर हातबाट निर्मित सामग्री लिएर फर्किन्छन्, र सजाउने गर्छन् ।

हस्तनिर्मित हरेक कलाले उनको मन तान्छ । त्यस्ता कलालाई ल्याएर घरमा सजाउनु उनको अर्को सोख हो । घुम्दै जाँदा उनी जुन देश पुग्छन्, त्यहाँबाट केही न केही सामग्री लिएरै फर्किन्छन् । खासगरी युरोपमा हातबाट निर्मित सामग्री उनले बढी ल्याएका छन् । बिजनेस मिटिङबाहेक हरेक वर्ष दुई पटक समय निकालेर विदेश घुम्न जान्छन् । त्यसमध्ये पहिलो रोजाइ हो— यूरोप ।

मल्लको भ्रमणको उद्देश्य अर्काे पनि छ— सम्बद्ध देशको इतिहास, कलासंस्कृति, रहनसहनबारे जानकारी लिनु । साथै विभिन्न देशको प्राचीन सहरबारे बुझ्न पनि उनी बढी रुचाउँछन् ।
विश्वका ४० भन्दा बढी मुलुक घुमिसके उनी । त्यहाँको रहनसहन, कलासंस्कृति, प्राचीन सम्पदाबारे पनि उनले प्रशस्त अध्ययन गरेका छन् । एकपटक घुमेको देशमा उनी दोहो¥याएर पनि गएका छन् । अहिलेसम्म धेरै पटक दोहो¥याएर घुमेको देशमा पर्छ— भारत । भारतसँग हाम्रो कला, संस्कृति मिल्दोजुल्दो छ । सानैदेखि धर्मकर्ममा बढी आस्था राख्छन् मल्ल । त्यसैले तीर्थस्थल भारतमा बढी भएकाले त्यो उनको रोजाइमा परेको हो ।

व्यवसायमा अब्बल

घुमन्ते मल्ल व्यवसायमा पनि त्यत्तिकै अब्बल छन् । उनी आधा दर्जनभन्दा बढी उद्योग व्यवसायमा आबद्ध छन् । सेवामूलक एवम् उत्पादनमूलक उद्योग र बैङ्क तथा वित्तीय संस्थामा आबद्ध मल्लले कृषिक्षेत्रलाई पनि व्यावसायिक रुपमा अघि बढाउँदै लगेका छन् ।

पर्यटन तथा सेवामूलक उद्योगअन्तर्गत उनी मनाङ एयरमा संलग्न छन् । साथै काठमाडौंको जहरसिङपौवामा नयाँ रिसोर्ट बनाउने काम अघि बढाएका छन् । उत्पादनमूलक उद्योगअन्तर्गत रसुवामा मैलुङखोला जलविद्युत् आयोजना बनाइरहेका छन् । यति मात्र होइन, भक्तपुरमा इँटा टायल उद्योग पनि सञ्चालनमा छ । बैङ्क तथा वित्तीय क्षेत्रमा पनि उनको दरिलो उपस्थिति छ । व्यावसायिक कृषिलाई अगाडि बढाउने योजनाअनुरुप उनले नगरकोटमा कृषि व्यवसाय थालेका छन् । निकट भविष्यमा तराईका जिल्लामा पनि कृषि व्यवसाय विस्तार गर्ने उनको योजना छ ।