मलेसियासँग रोजगार सम्झौता गर्न अख्तियारी, राष्ट्रपतिको कतार भ्रमण स्वीकृत

आइतबारको मन्त्रिपरिषदको निर्णयले नेपालबाट मलेसिया रोजगारी गर्न जाने युवाहरुका लागि सम्झौता गर्न अख्तियारी दिएको हो ।

सरकारले मलेसियासँग रोजगार सम्झौता गर्न श्रममन्त्री गोकर्ण विष्टलाई अख्तियारी दिने निर्णय समेत गरेको छ। आइतबारको मन्त्रिपरिषदको निर्णयले नेपालबाट मलेसिया रोजगारी गर्न जाने युवाहरुका लागि सम्झौता गर्न अख्तियारी दिएको हो ।

त्यस्तै बैठकले आगामी सोमबार कतार भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण स्वीकृत गरेको छ । त्यस्तैगरी उक्त बैठकले गोरखापत्रका संस्थापनका महाप्रवन्धक बसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।