नयाँ वर्षको आफ्नो पहिलो ट्विटमा नै अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिस्तानलाई आतङ्ककारीको संरक्षक बनेको भनी रिस पोखेका थिए । ट्रम्पले ट्विटमा भनेका थिए, ‘अमेरिकाले मूर्खतापूर्ण ढङ्गले बितेका १५ वर्षमा पाकिस्तानलाई ३३ अर्ब डलरबराबरको आर्थिक सहायता दिएको छ, तर, त्यसको परिणाम हामीले झुट र छलबाहेक बेही पाएनौं । हाम्रा नेताहरुलाई मूर्ख बनाइयो । उनीहरुले आतङ्ककारीहरुलाई सुरक्षित संरक्षण दिइरहे हामी भने अफगानिस्तानमा धूलो छान्दै बस्यौं । अहँ अब हुँदैन ।’
वासिङटन : राष्ट्रपति डोनाल्ड ट्रम्पले झपारेको केही समयपछि अमेरिकी प्रशासनले पाकिस्तानलाई अर्को ठूलो चोट पु¥याएको छ । अमेरिकाले पाकिस्तानलाई दिने भनिएको २५.५ करोड डलरभन्दा बढीको सैन्य सहायता रोकेको ह्वाइट हाउसले पुष्टि गरेको छ । पीटीआईको समाचारमा भनिएको छ, ‘अब आतङ्कवादविरुद्ध पाकिस्तानले गर्ने कारबाही हेरेर नै उसलाई सहायता गर्ने कि नगर्ने भन्ने टुङ्गो लाग्छ, ह्वाइट हाउसले भनेको छ ।’
नयाँ वर्षको आफ्नो पहिलो ट्विटमा नै अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिस्तानलाई आतङ्ककारीको संरक्षक बनेको भनी रिस पोखेका थिए । ट्रम्पले ट्विटमा भनेका थिए, ‘अमेरिकाले मूर्खतापूर्ण ढङ्गले बितेका १५ वर्षमा पाकिस्तानलाई ३३ अर्ब डलरबराबरको आर्थिक सहायता दिएको छ, तर, त्यसको परिणाम हामीले झुट र छलबाहेक बेही पाएनौं । हाम्रा नेताहरुलाई मूर्ख बनाइयो । उनीहरुले आतङ्ककारीहरुलाई सुरक्षित संरक्षण दिइरहे हामी भने अफगानिस्तानमा धूलो छान्दै बस्यौं । अहँ अब हुँदैन ।’
ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले नाम नभन्ने सर्तमा भने, ‘तत्काल आर्थिक वर्ष २०१८ का लागि पाकिस्तानलाई २५.५ करोड डलर दिने अमेरिकाको कुनै योजना छैन । हाम्रा राष्ट्रपतिले स्पष्ट पारिदिएका छन् कि अमेरिकाले पाकिस्तानसँग उसको भूमिमा हुने आतङ्कवादविरुद्ध अझ बढी निर्णायक कारबाहीको अपेक्षा राख्दछ,’ अधिकारीले भने, ‘दक्षिण एसियाको रणनीतिको समर्थनमा पाकिस्तानको कारबाहीले अन्ततः हाम्रो सम्बन्धको गति निर्धारण गर्नेछ, जसमा भविष्यमा दिइने सैन्य सहायता पनि समावेश छन् ।’
अमेरिकी प्रशासनले पाकिस्तानलाई दिइने सहयोगस्तरको लगातार समीक्षा गरिरहेको ती अधिकारीले बताएका छन् । उता ट्रम्पले गरेको ट्विटको केही घन्टापछि नै पाकिस्तानको विदेश मन्त्रालयले अमेरिकामाथि आरोप लगाउँदै भनेको छ, ‘अमेरिकाबाट उसलाई अविश्वासबाहेक केही पनि प्राप्त भएन ।’ पाकिस्तानका विदेशमन्त्रीले भनेका छन्, ‘अमेरिका अफगानिस्तानको युद्धका लागि पाकिस्तानका संसाधनहरुको प्रयोग गर्छ र त्यसैको मूल्य तिर्छ ।’ उनले यतिसम्म भनेका छन्, ‘ट्रम्पले भनेको ’नो मोर’को खासै महङ्खव छैन र पाकिस्तानले यस्तो तानाशाही सहँदैन ।’