यसअघि रोजगारदाता कम्पनीले आफ्नो कामदारको परिवारको मृत्यु हुँदा बिदा दिनुपर्ने प्रावधान थिएन । कामदार पठाउन लागेको करिब दुई दशकपछि नेपाल र मलेसिया सरकारबीच पहिलो पटक श्रम समझदारी भएको हो ।
मलेसियामा नेपाली कामदारले आफ्ना निकटम परिवारको मृत्यु भएमा १५ दिन बिदा पाउने भएका छन् । कामदारको बाबु, आमा, श्रीमान् वा श्रीमती, छोरा वा छोरीको मृत्यु भएमा बढीमा १५ दिनका लागि बिदा पाउने भएका हुन् ।
नेपाल सरकार र मलेसियन सरकारबीच भएको द्विपक्षीय श्रम समझदारीमा रोजगारदाता कम्पनीले अनिवार्य रुपमा बिदा दिनुपर्ने उल्लेख गरिएको छ । यसअघि रोजगारदाता कम्पनीले आफ्नो कामदारको परिवारको मृत्यु हुँदा बिदा दिनुपर्ने प्रावधान थिएन । कामदार पठाउन लागेको करिब दुई दशकपछि नेपाल र मलेसिया सरकारबीच पहिलो पटक श्रम समझदारी भएको हो ।
गत जेठ २ गते श्रममन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारसँग चर्को रकम लिएर ठगी गरेको भन्दै बायोमेट्रिक, भीएलएन, माइग्राम्स, वान स्टप सेन्टर र जीएसजीलाई खारेजी गर्दै कारबाही गरेका थिए । पाँच संस्थालाई कारबाही गरेपछि मलेसिया जाने प्रक्रिया बन्द भएको थियो ।
नेपालले मलेसियामा कामदार पठाउन रोक लगाएपछि श्रम समझादारीका लागि मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरन आइतबार काठमाडौं आएका हुन् । दुई देशबीच भएको समझारीमा नेपाली महिला कामदारलाई विषेश सुरक्षाको व्यवस्था गर्ने भनिएको छ । खाडीमुलुकमा जाने नेपालीकामदार असुरक्षित भएको खबरहरु सार्वजनिक भइरहेका बेला मलेसिया जाने महिला कामदारलाई भने विषेश सुरक्षाको व्यवस्था गर्न मलेसियन सरकार तयार भएको श्रममन्त्री विष्टको भनाइ छ ।
यस्तै रोजगारदाता कम्पनी विघटन भएमा वा रोजगारदाताले कामदारलाई दुव्र्यवहार गरेमा वा कुनै प्रकारको शारीरिक वा मानसिक हिंसा गरेमा कामदारले अर्को रोजगारदाता खोज्न पाउने अधिकार सुनिश्चित गरिएको छ । सम्झौता अवधि समाप्त भएपछि कामदारले आफ्नो चाहनाअनुसार रोजगारदाता छनौट गर्न सक्ने प्रावधान राखिएको छ ।