समझदारीअनुसार रोजगारदाताले कामदारका लागि उचित कार्य वातावरण र वासस्थानको साथै व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको समेत प्रबन्ध गर्नुपर्ने व्यवस्था गरिएको छ । नेपाली कामदार मलेसियाको विमानस्थलमा पुगेको ६ घण्टाभित्र गन्तव्यस्थलमा लैजानुपर्ने व्यवस्था गरिएको छ ।
नेपाल र मलेसिया सरकारबीच सोमबार भएको श्रम समझदारीअनुसार अब नेपालीहरुले मलेसियामा दुई वर्ष मात्र काम गर्न पाउने भएका छन् । यसअघि तीन वर्षको करार अवधि थियो ।
नेपाली युवाहरुको मुख्य गन्तव्यका रुपमा रहेको मलेसियामा वार्षिक रुपमा ठूलो सङ्ख्यामा युवाहरु काम गर्न जाने गरेका छन् । प्रत्येक महिनाको ७ गतेभित्र बैङ्क खातामार्फत भुक्तानी पाउने व्यवस्था गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली कामदारले बताए । मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलब, भत्ता एवम् सुविधा पाउने सुनिश्चितता गर्नुका साथै अतिरिक्त समयमा काम गरेबापत थप पारिश्रमिक र सेवासुविधा प्राप्त हुने व्यवस्था गरिएको मन्त्री विष्टको भनाइ छ ।
समझदारीअनुसार रोजगारदाताले कामदारका लागि उचित कार्य वातावरण र वासस्थानको साथै व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको समेत प्रबन्ध गर्नुपर्ने व्यवस्था गरिएको छ । नेपाली कामदार मलेसियाको विमानस्थलमा पुगेको ६ घण्टाभित्र गन्तव्यस्थलमा लैजानुपर्ने व्यवस्था गरिएको छ ।
नेपाली कामदारलाई मलेसियाको श्रम कानून बमोजिम समान तहमा काम गर्ने अन्य विदेशी कामदारलाई दिए सरहको संरक्षण प्रदान गर्ने व्यवस्था भएको छ । दुवै देशका सरकारले आआफ्ना देशमा कामदार, रोजगारदाता र श्रमिक आपूर्तिकर्ताको कार्यको अनुगमन एवम् नियमन गरी थप व्यवस्थित गर्नुपर्ने व्यवस्था गरिएको छ । समझदारी कार्यान्वयनका सन्दर्भमा कुनै समस्या उत्पन्न भएमा द्विपक्षीय छलफलद्वारा आपसी सहमतिमा समाधान गर्न सकिने मन्त्री विष्टको भनाइ छ ।
मन्त्री विष्टले दुई देशबीच भएको समझदारीले नेपाली कामदारका लागि महत्त्वपूर्ण भुमिका खेल्ने बताए । समझदारीको कार्यान्वयनका लागि नेपाल सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । मलेसियन सरकारलाई पनि कार्यान्वयनमा ल्याउन उनको आग्रह छ । मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरनले पनि समझारी कार्यान्वयनका लागि आफू र आफ्नो सरकार प्रतिबद्ध रहेको बताए । हालसम्म नेपालसहित ९ देशसँग श्रम समझदारी गरिसकेको मलेसिया अन्तर्राष्ट्रिय श्रम सम्झौताको पक्षमा रहेको मन्त्री कुलासेगरनको भनाइ छ ।