नोबेलपछि मलालालाई अर्को सम्मान

हार्वर्डको केनेडी स्कुलले छ डिसेम्बरमा आयोजना हुने एक समारोहमा युसूफजईलाई २०१८ को ग्लेट्स्म्यान पुरस्कार दिइने छ । युसूफजईलाई २०१४ मा सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार ग्रहण गर्ने गौरव प्राप्त भएको थियो ।

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसूफजईलाई बालिकाहरुको शिक्षा अभिवृद्धिका लागि हार्वर्ड विश्वविद्यालयले सम्मान गर्ने भएको छ । हार्वर्डको केनेडी स्कुलले छ डिसेम्बरमा आयोजना हुने एक समारोहमा युसूफजईलाई २०१८ को ग्लेट्स्म्यान पुरस्कार दिइने छ । युसूफजईलाई २०१४ मा सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार ग्रहण गर्ने गौरव प्राप्त भएको थियो ।

पाकिस्तानमा बालिकाहरुलाई शिक्षा दिनुपर्ने वकालत गरेका कारण तालिबान आतङ्ककारीले यनीमासथ आक्रमण गरेका थिए । सो आक्रमणमा परी उनी गम्भीर घाइते भएकी थिइन् । आक्रमण लगत्तै उनी र उनको परिवार बेलायतमा बस्छन् । हाल २० वर्षीया युसूफजई बेलायतमा अक्सफोर्ड विश्वविद्यालयकी छात्रा हुन् ।

ग्लेट्स्म्यान पुरस्कारअन्तर्गत विश्वभरिका आमसमुदायको जीवन स्तर सुधारका लागि काम गर्ने व्यक्तिलाई १२ हजार पाँच सय डलर धनराशि पुरस्कारस्वरूप दिइन्छ ।