सिफारिसमा पर्नेमध्ये गुल्मीका कपिलमणि ज्ञवाली, मोरङ्का रमण नेपाल र काभ्रेपलाञ्चोकका शेषरमण आचार्य छन् । उनीहरुमध्येबाट सरकारले एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।
नागरिक लगानी कोषको रिक्त रहेको निर्देशक पदमा तीन जनाको नाम सिफारिस भएको छ । सिफारिसमा पर्नेमध्ये गुल्मीका कपिलमणि ज्ञवाली, मोरङ्का रमण नेपाल र काभ्रेपलाञ्चोकका शेषरमण आचार्य छन् । उनीहरुमध्येबाट सरकारले एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।
गत ७ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार कोषको कार्यकारी निर्देशकका उमेदवारमध्ये शैक्षिक योग्यता, तालिम, अनुभव, व्यावसायिक कार्ययोजना मूल्याङ्कन, कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्तासमेतको अङ्कका आधारमा यी तीन जनाको नाम सिफारिस गरिएको हो ।
यसअघि अन्तर्वार्ता र प्रतुतीकरणका लागि बोलाइएका कोषकै पूर्व कार्यकारी निर्देशक ऋषिराम गौतम र नेपाल खाद्य संस्थानका महाप्रवन्धक डा. शिवहरि श्रेष्ठ भने छनोटमा परेका छैनन् ।