no-image

अति प्रभावित ‘क’ वर्गका ३० कित्तादेखि १ सय कित्ता माग गर्ने आवेदकले मागबमोजिम पाए भने १ सय १० देखि ३ सय कित्ता माग गर्नेले १ सय २ कित्ताका दरले सेयर पाएका छन् ।

स्थानीय बासिन्दाका लागि खुलाइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ)मा आवेदकलाई न्यूनतम ३० देखि अधिकतम १०२ कित्ता सेयर परेको छ ।

अति प्रभावित ‘क’ वर्गका ३० कित्तादेखि १ सय कित्ता माग गर्ने आवेदकले मागबमोजिम पाए भने १ सय १० देखि ३ सय कित्ता माग गर्नेले १ सय २ कित्ताका दरले सेयर पाएका छन् ।

‘ख’ वर्गका ३० कित्ता माग गर्नेले ३० कित्ता, ४० कित्ता माग गर्नेले ३२ कित्ता र ५० देखि ३ सय कित्ता माग गर्नेले ४८ कित्ता पाएका छन् । यस्तै ‘ग’ वर्गका ३० कित्ता माग गर्ने लगानीकर्ताले ३० कित्ता, ४० कित्ता माग गर्नेले ३२ कित्ता र त्यसभन्दा बढी आवेदन गर्नेले ३४ कित्ता पाएका छन् ।