प्रतिबन्धका बावजुद भारतसमेत ८ देशलाई अमेरिकाले ईरानबाट तेल आयात गर्ने छुट दिने

ती अधिकारीले भने, 'अमेरिकी विदेशी मन्त्री माइकल पाम्पियोले आजै शुक्रवार यसको घोषणा गर्नेछन् ।' ईरानबाट तेल आयातमा नयाँ अमेरिकी प्रतिबन्ध छ नोभेम्बरबाट लागू हुनेछ ।

अमेरिकाले भारतसहित सात अन्य देशलाई ईरानबाट तेल आयात गर्ने छुट दिने निर्णय गरेको छ । छुट प्राप्त गर्ने देशहरुमा जापान र दक्षिण कोरिया पनि छन् ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले आफ्नो पहिचान गोप्य राख्ने शर्तमा यसको जानकारी ब्लूमबर्गलाई दिएका हुन् । ती अधिकारीले भने, ‘अमेरिकी विदेशी मन्त्री माइकल पाम्पियोले आजै शुक्रवार यसको घोषणा गर्नेछन् ।’ ईरानबाट तेल आयातमा नयाँ अमेरिकी प्रतिबन्ध छ नोभेम्बरबाट लागू हुनेछ ।

अमेरिका न्यूक्लियर सम्झौतामा ईरानसँग नयाँ ढङ्गले छलफल गर्न चाहन्छ तर, ईरान यसका लागि तयार छैन । वार्ताको टेबुलमा ल्याउन दबाब दिन अमेरिकाले ईरानको अर्थव्यवस्था हल्लाउने सोच बनाएको छ । त्यसकारण उसले विश्वलाई ४ नोभेम्बरपछि ईरानसँग तेल नकिन्न अपील गरेको छ । हुनत, केही देशहरुलाई विस्तारै ईरानी तेलको मात्रा घटाउँदै लैजाने शर्तमा यो शर्तलाई खुकुलो पारेको छ ।

ईरानी तेलको सबैभन्दा ठूलो आयातकर्ता चीनले छुट पाउने शर्तबारे अझै पनि अमेरिकासँग कुराकानी गरिरहेको छ । भारत, जापान, दक्षिण कोरिया र चीनका अतिरिक्त छुट प्राप्त गर्ने अन्य चार देश कुन कुन हुन् यसको जानकारी खुलाइएको छैन ।

ईरानबाट कति तेल आयात गर्ने छुट पाइन्छ त्यसको जानकारी अमेरिकी अधिकारीले दिएनन् । यद्यपि उनीहरुले जुन जुन देशलाई यो छुट दिइएको छ त्यो अस्थायी मात्र भएको बताए ।