लाइन मर्मत गर्न आइतबार विद्युत् अवरुद्ध हुने

विहान १० बजेदेखि ५ बजेसम्म स्युचाटार सवस्टेशनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने तीनथाना, नैकाप, सतुङ्गल लगायतका क्षेत्रमा विद्युत् लाइन काटिने प्राधिकरणले जनाएको छ ।

कलङ्की नागढुङ्गा सडक खण्डको तीनथाना बस स्टप देखि तीनथाना वडा कार्यालयसम्म लाइन व्यवस्थापन कार्य गर्न आइतबार विद्युत् सेवा अवरुद्ध हुने भएको छ । विहान १० बजेदेखि ५ बजेसम्म स्युचाटार सवस्टेशनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने तीनथाना, नैकाप, सतुङ्गल लगायतका क्षेत्रमा विद्युत् लाइन काटिने प्राधिकरणले जनाएको छ ।

विद्युत् सेवा विस्तार, स्तरन्नोती र व्यवस्थापनका गर्नका लागि विद्युत् सेवा बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ । तिहारमा आवश्यक विद्युत् माग आपूर्तिका लागि फिडर तथा सवस्टेशन थप गर्ने, मर्मत सम्भार गर्नुपर्ने भएकाले पनि विद्युत् अवरुद्ध हुने भएकाले ग्राहकवर्गमा जाने असुविद्या प्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।